तेश्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (फोटोफिचर)

म्याग्दे गाँउपालिकाको आयोजनामा आर्थिक वर्ष ०७९।०८० को तेश्रो चौमासिक तथा वार्षिक रुपमा सम्पादित कार्यक्रम र विकास आयोजना, शुसासन तथा सेवा प्रवाह सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाले आर्थिक वर्षमा भएको कार्यप्रगति पेश गरिएको थियो ।


कार्यक्रममा पालिकाका विषयगत शाखाको प्रमुखहरुले आफनो आफनो शाखामा भएको कामको वारेमा प्रकाश पारेका थिए । त्यसैगरि कार्यक्रममा वडा नं ४,६ र ७ का वडा सचिवले तेश्रो चौमासिकमा भएको कार्य प्रगतिको विवरण पेश गरेका थिए ।


पालिकाले पेश गरेको कार्यप्रगतीको विवरण पछि स्थानिय समुदायले पालिकाले गरेका विकास निर्माणका वारेमा प्रश्न राखेका थिए । जनताले धेरै आशा राखेता पनि केही उपलव्धी नभएको हुदाँ पालिकालाई विकास र समृद्ध वनाउनका लागी सवैसँगको हातेमालो आवश्यकता रहेका सहभागीले सुझाव दिएका थिए ।


कार्यक्रममा स्थानिय समाजसेवी हुतमणि अधिकारीले पालिकाले विभिन्न राम्रो काम गरेता पनि त्यसले मात्र सिगो म्याग्दे समृद्ध नहुने वताए । स्थानीय कृषकलाई दुधका अनुदान, हलगोरु पाल्ने कृषकलाई अनुदान, एकीकृत घुम्ति शिविर राम्रो योजना भएता पनि धेरै गर्नुपर्ने धारणा राखेका थिए ।


कार्यक्रममा वडा नं ४,६ र ७ का वडाध्ययक्षहरुले गरेका कामका वारेमा चर्चा गरेका थिए भने सहभागीहरुले उठाएका प्रश्नमा प्रमुख प्रशासकिय अधिकृत जित वहादुर राना, उपाध्यक्ष वालकृष्ण घिमिरे र अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जवाफ दिएका थिए ।


सहभागीहरुको जवाफ दिदै पालिका अध्यक्ष श्रेष्ठले पालिका जनताको आवश्यकता पुरा गर्न लागिपरेको वताए । समृद्ध म्याग्दे वनाउने हाम्रो अभियानमा सवैका साथ र सहयोगको आवश्यकता भएको छ, श्रेष्ठले वताए । पालिकाले जनताको आवश्यकतालाई मध्यनजर गरेर विभिन्न योजना ल्याएता पनि त्यसले सकारात्मक प्रभाव नपारेको हुदाँ सकारात्मक काममा हौसला र नराम्रो काममा खवरदारी गर्न आग्रह गर्नुभयो ।
त्यसैगरि कार्यक्रममा उपाध्यक्ष वालकृष्ण घिमिरेले जनताको सहभागीता विना समृद्ध पालिका वनाउन नसक्ने हुदाँ हातेमालो गरेर अगाडी वढ्न आग्रह गर्नुभएको थियो ।


लोकवाणी पव्लिकेशनले सहजीकरण गरेको उक्त कार्यक्रममा वडा नं ४, ६ र ७ को स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.