नेकपा एमालेका केन्दिय सदस्य एवं तनहुँ ईन्चार्ज तिलक महतले अव महिलाहरुले आरक्षण खोज्ने नभई प्रतिस्पर्धामा उत्रनुपर्ने वताएका छन । महतले सो कुरा अखिल नेपाल महिला संघ व्यास नगर कमिटीको अधिवेशनको सन्र्दभमा सो कुरा वताएका हुन् ।
महिलाहरु आफैमा पनि धर्ति भएको हुदाँ सिगो आकाश ढाकेको महिलाहरु आरक्षणमा भुल्न नहुने वताएका हुन् । महिलाहरु नै यस धर्तिको सृजनाकर्ता भएको हुदाँ समाज निर्माणमा अग्रसर रहनुपर्ने उनले वताए । नारी शक्तिका अगाडी धेरै शक्तिहरु कमजोर भएको हुदाँ आफनो शक्तिलाई चिनेर अगाडी वढ्नुपर्ने वहाँले वताए ।

एउटा नारी कसैको छोरी, वुहारी हुदै आमा सम्म हुदै गर्दा विभिन्न आरोह अवरोहले गुजिञ्एको हुन्छ । यो चानचुने विषय होईन । सवै प्रश्नको समाधान नारी हो, मात्र फरक यति हो कि नारी जातीले आफनो भुमिका र परिचय चिन्न सक्नु भएन । यहि नै कमजोरी हो । अत समाज निर्माणका लागी नारीको अहं भुमिका रहने हुदाँ नारी वीना समाजको कल्पना गर्न नसकिने महतले वताए ।

समाज, देश र विश्वमा नेतृत्वगर्ने व्यक्तिहरु पनि कुनै न कुनै नारीको योगदान भएको हुदाँ सम्पुर्ण पीर व्यथाको सामना नारीले मात्र गर्न सक्ने महतको भनाई थियो । देशको पुर्व राष्ट्रपति महिला हुनुहुन्थ्यो, नारीलाई सम्मान गर्ने, हक र अधिकार स्थापित गर्ने पार्टी नेकपा एमाले भएको हुदाँ नेकपा एमालेको विचार र दृष्टिकोणमा रहेर समाज रुपान्तरण गर्नुपर्ने महतले वताए ।

अखिल नेपाल महिला संघ व्यास नगर कमिटीको अध्यक्ष जौमाया रायमाझीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार सदस्य एक वहादुर राना, नरेन्द राज वाग्ले, पदेश कमिटी सदस्य श्रीराम कार्की जिल्ला उपाध्यक्ष हरिराज कडेल लगायतका नेताहरुले धारणा राखेका थिए ।








