११ औ खुल्ला तिज गीत प्रतियोगिता हुने

‘विकृतिलाइ तिरस्कार गरौ, संस्कृतिको जगेर्ना गरौ,’ जामुने जाऔ तिज मनाऔ भन्ने नाराका साथ ११ औ खुल्ला तिज गीत प्रतियोगिता हुने भएको छ ।
न्यू भिजन युथ क्लव, म्याग्दे–२, जामुनेको आयोजनमा हुने तिज गीत प्रतियोगितामा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु सम्झना लामिछाने मगर, मिना गिरी, मनोज गोर्खाली, राजेन्द्र गिरी गुन्द्रुक साँधेर, निराजन श्रेष्ठ लगायतको प्रस्तुतीका साथै विभिन्न मनोरन्जनात्मक खेलहरु पनि खेलाईने आयोजकले जनाएको छ ।


यहि असोज १ र २ गते हुने तिज गीत प्रतियोगितामा प्रथम हुनेलाई २० हजार २ सय वाईस, द्धित्तिय हुनेलाई १३ हजार ३ सय तेत्तिस र तृतिय हुनेलाई ७ हजार ७ सय सतहत्तर रुपैया सहित प्रमाणपत्र प्रदान गरिने र उत्कृष्ठ नृत्यलाई आर्कषक पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.