तनहुँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले पार्टीको उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा शोकसभा गरेको छ । जिल्ला पार्टी उपाध्यक्ष हरिराज कडेलको अध्यक्षतामा भएको शोकसभामा पार्टी केन्द्रिय सल्लाहकार सदस्य एकवहादुर राना, गण्डकी प्रदेश सचिवालय सदस्य एवं पुर्व सासंद केदार सिग्देलले धारणा राखेका थिए ।
गण्डकी प्रदेश सचिवालय सदस्य एवं पुर्व सासंद केदार सिग्देलले नेम्वाङ सर्वमान्य नेता भएको वताए । सवैलाई मिलाएर लैजान सक्ने नेता भएको कारण प्रतिपक्ष दलले पनि सभामुख अथवा अध्यक्षमा सर्वसम्मत रुपमा स्वीकारेको सिग्देलले वताए । नेपालको राजनैतिक आन्दोलनमा नेम्वाङको ठुलो योगदान रहेको हुदाँ नेम्वाङको वाटोमा हिड्न पर्ने वताए । संविधान निर्माणको त्यो जटिलतामा पनि सर्वसम्मतका साथ संविधान जारी गर्नुले पनि नेम्वाङको विशिष्ठता र क्षमताले काम गरेको सिग्देलले वताए ।
त्यस्तै गरि केन्द्रिय सल्लाहकार सदस्य एकवहादुर रानाले सन्तुलित, साधारण जीवनशैली नै नेम्वाङको मुख्य विशेषता भएको वताए । कहिल्यै नरिसाउने, सवैको सम्मान गर्ने खुवीमा नेम्वाङमा थियो, जुन सवैमा हुदैन, असाधारण क्षमताको धनि नेम्वाङको निधनले सिङ्गो देशलाई नै अपुरणीय क्षति पुगेको छ, रानाले वताए ।
जिल्ला पार्टी कार्यलयमा आयोजना गरेको कार्यक्रममा विभिन्न नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन पार्टी सचिव राजेश्वर ढकालले गरेका थिए ।







