न्हान्सी तमू समाज नेपालको अध्यक्षमा लमजुङका गणेश गुरुङ र महासचिवमा कास्कीका लेख गुरुङ चयन


पोखरा । गुरुङ समुदायको विभिन्न थरहरु मध्यको एक न्हान्सी गुरुङको नेतृत्वदायी संस्था न्हान्सी तमू समाज नेपालको केन्द्रीय अध्यक्षमा लमजुङका सुवेदार गणेश बहादुर गुरुङ चयन भएको छ । शनिबार पोखरामा सम्पन्न समाजको प्रथम राष्ट्रिय महाधिवेशनले अध्यक्षमा गुरुङलाई चयन गरेको हो ।


महाधिवेशनले गुरुङको नेतृत्वमा ७ सदस्य पछि थप गर्ने गरि १९ सदस्यीय न्हान्सी तमू समाज नेपालको केन्द्रीय समिति चयन गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष सोम बहादुर गुरुङ (कास्की), द्वितीय उपाध्यक्ष लाल बहादुर गुरुङ (लमजुङ), तृतीय उपाध्यक्ष चित्र सोल्टी गुरुङ (चितवन), महासचिव लेख बहादुर गुरुङ (कास्की), सचीव मिश्रा गुरुङ (सुनसरी) कोषाध्यक्ष जालुमाया गुरुङ (कास्की) र सह–कोषाध्यक्ष तिलक गुरुङ (गोरखा) चयन भएका छन् ।


यस्तै सदस्यहरुमा श्रीप्रसाद गुरुङ (कास्की), नयन्द्र गुरुङ (सुनसरी), प्रेम बहादुर गुरुङ (लमजुङ) र सुवेदार कमल बहादुर गुरुङ (लमजुङ) चयन भएका छन् भने बाँकी ७ सदस्य पछि कार्यसमितिले चयन गर्ने समाजका नव गठित कार्यसमितिका महासचिव लेख बहादुर गुरुङले जानकारी दिए ।


पाँच जना सम्मानित
यसैगरी समाजको राष्ट्रिय महाधिवेशनमा विभिन्न क्षेत्रमा क्रियाशिल पाँच जनालाई समाजले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नेपाली लोकसंगीततर्फ क्रियासील न्हान्सी तमू चेली गायिका कुसुम गुरुङ (काठमाण्डौ) र रुपा गुरुङ (चितवन) साहित्यतर्फ न्हान्सी तमू बुहारी मिश्रा गुरुङ (सुनसरी), खेलकुदतर्फ तोक्वान्दो खेलाडी सुवन गुरुङ (कास्की) र शिक्षातर्फ अधिवक्ता प्रज्वल गुरुङ (तनहुँ) रहेका छन् ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.