नेवाःदेय दवू गुठी समन्वय समितीको आयोजनामा तनहुँको दमौलीमा ईही (वेल विवाह) कार्यक्रम शुरु भएको छ ।
नेपाल सम्वत ११४४ को उपलक्ष्यमा नेवाः संस्कृति र परम्परा अनुसार नेवार राजोपाध्ययय गुरुज्यूययहरुवाट नेवा कन्याहरुको सम्पुर्ण विधि पुरयाएर ईही (वेल विवाह) कार्यक्रम शुरु गरिएको कार्यक्रमका अध्यक्ष सुकनारायण मल्लले जानकरी दिए ।

कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सासंद अशोक कुमार श्रेष्ठले नेवारी सस्कृति अनुसार गरिने ईही (वेल विवाह) कार्यक्रम नेवार समुदायको गहना भएको वताए । नेवार संस्कृतिको विश्वले नै अध्ययन गरिरहेको सन्र्दभमा नेवार समुदायले आफनो धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्ने वताए । कार्यक्रममा नेवा देय दवुका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद श्रेष्ठ, शंकर नारायण श्रेष्ठले नेवार समुदायको संस्कृति र परम्परा वृहत भएको हुदाँ यसको संरक्षण र सम्र्वद्धनमा सवै लाग्नुपर्ने वताए ।

गुठी समन्वय समितीका सचिव सरिता श्रेष्ठले संचालन गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरुले धारणा राखेको थिए । दमौली वजारको भिमसेन मन्दिरमा शुरु भएको ईही (वेल विवाह) कार्यक्रममा ३० जना कन्याहरुको सहभागिता रहेको छ । आज र भोलि चल्ने कार्यक्रममा नेवार राजोपाध्यायका गुरुज्यरुहरुले नेवा कन्याहरुको ईही गर्नेछन् ।

















