घुम्ति शिविरको को पहिलो दिन १२५ पशु कृषक लाभान्वित (फोटोफिचर)


म्याग्दे गाँउपालिकाद्धारा संचालित घुम्ति शिविरको पहिलो दिन १२५ जना पशु कृषकले सेवा लिएका छन् । स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार ः कृषि,पर्यटन र पुर्वाधारलाई मुल आधार वनाएको म्याग्दे गाँउपालिकाले एकिकृत घुम्ती शिविर शुरु गरेको घुम्ति शिविरमा १२५ जना सेवाग्राही लाभान्वित भएको छ भने १००४ वटा पशु पन्छिलाई सेवा दिईएको छ ।
शिविरको पहिलो दिन म्याग्दे गाँउपालिकाको वडा नं ३ को किलचोकमा शिविर संचालन भएको थियो । जस अन्तरगत १७ वटा वोका÷पाठाको वन्ध्याकरण गरिएको छ भने खसी,वोका पाठा पाठी गरि ४४५ पशुको विभिन्न उपचार गरिएको छ । यस्तै कुखुरा ४५६ वटा, गाई गोरु ४७ वटा, भैसी३९ वटा, सुगुर वंगुर १० वटा र कुकुर ९ वटालाई पशु सेवा दिईएको पशु सेवाका प्रमुख डा, विनय शाहले वताए ।


वडाको टोल स्तरमा संचालन हुने घुम्ति शिविर फागुण २१ र २२ गते वडा नं ३ मा, २३ र २४ गते वडा नं ४ मा,२७ र २९ गते वडा नं ५ मा, फागुण ३० र चैत्र १ गते वडा नं ६ मा, चैत्र २ र ४ गते वडा नं ७ मा, चैत्र ५ र ६ गते वडा नं १ मा र चैत्र ७ र ८ गते वडा नं २ मा एकीकृत घुम्ति शिविर संचालन हुनेछ । शिविरमा स्वास्थ्य परिक्षण, वीउ विजन तथा पशु वन्ध्याकरण, पशुको चेकजाँच तथा औषधी वितरण, पन्जिकरण शाखा अन्तरगतका जन्मदर्ता, मृत्यृ दर्ता, अपाङ्गता परिचय पत्र, वृद्धवृद्धालाई परिचयपत्र, योजना सम्झौता, उद्योग दर्ता, आयुर्वेद औषधी वितरण लगायत सम्पुर्ण सेवा उपलव्ध हुने पालिकाले जनाएको छ ।


पालिकाभित्रका ७ वटै वडाका टोलस्तरमा संचालन हुने शिविर फागुण २१ गते देखि चैत्र ८ गते सम्म चल्नेछ ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.