जिल्लाबासीको समस्या समाधानको लागि प्रहरी लाग्छ- एसपी अपिलराज बोहोरा

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अपिलराज बोहोराले आम जिल्लाबासीको समस्या समाधानको लागि जिल्ला प्रहरी कार्यालय प्रयत्नसिल रहेन बताएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा जिल्लाका पत्रकारहरुसंग परिचत्मक कार्यक्रमा उनले सो भनाई राखेका हुन् । आम नागरिकले अनाहकमा समस्या पाउन नहुने बताउदै तनहुँ प्रहरीले जनशक्तीले भ्याएसम्म जिल्लाको शान्ति सुरक्षा संगै नागरिकका समस्या समाधानको लागि काम गर्ने बताए । पुराना मुद्धाको फलोअप लगायतका काममा ध्यान दिदै पत्रकारहरुको सुझावलाई ध्यान दिने बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले यात्रामा परेका समस्याको बारेमा ट्राफिक प्रहरीलाई जानकारी दिएको खण्डमा कारबाही गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल, निवर्तमान अध्यक्ष ओमकार आचार्य, पूर्वअध्यक्ष प्रेमप्रकाश पौडेल, विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार एवं सञ्चारकर्मीहरुले जिल्लामा नागरिकले भोगेका समस्या लगायतका विषयमा एसपी बोहोरालाई जानकारी गराएका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.