तनहुँमा एसईईको पहिलो दिन मर्यादित रुपमा परिक्षा सञ्चालन

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) विहिबारबाट सुरु भएको छ । पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । तनहुँमा पनि शान्तिपूर्ण रुपमा पहिलो दिनको परिक्षा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिए । तनहुँका २६ वटा परिक्षा केन्द्रमा २ हजार ७ सय ५२ छात्रा र २ हजार ६ सय सय ३२ जना छात्र गरि ५ हजार ३ सय ८४ जना परिक्षाथी परिक्षा दिन पाउने भएपनि २ हजार ७ सय ३१ जना छात्रा र २ हजार ६ सय १० छात्र गरी ५ हजार ३ सय ४१ जना परिक्षा दिएको इकाई प्रमुख कट्टेलले बताए । २१ जना छात्रा र ४२ जना छात्रा गरि ४३ जना परिक्षामा अनुपस्थित रहेको उनले बताए । तनहुँमा एसईईको पहिलो दिन अंग्रेजी परिक्षा मर्यादित रुपमा सम्पन्न भएको उनले बताए ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । विहिवारबाट सुरु भएको एसईई परीक्षा २७ गतेसम्म चल्ने छ ।

परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । सबैभन्दा धेरै केन्द्र काठमाडौंमा (१२७) र सबैभन्दा कम मनाङ र मुस्ताङमा (एक–एक) वटा छन् । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए । यस वर्षको एसईई परीक्षामा जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेसनल स्कुलबाट पनि १५ छात्रा र ८ छात्र गरी जम्मा २३ जना परीक्षार्थीहरु सहभागी भएका छन् । एभरेष्ट इन्टरनेसनल स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपाल बाहिर माध्यमिक तहसम्म पढाइ हुने एक मात्र विद्यालय हो ।

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.