न्युज पोर्टल डिजाईनिङ्ग सम्बन्धी अनलाईन तालिम हुने भएकोछ । ‘ईकमर्स साथी’ प्रा.लि को आयोजनामा कम्पनीले १५ दिने वेब डिजाईनिङ्ग तालिम दिने भएको हो ।
यहि चैत्र २९ गते देखि शुरु हुने न्युज पोर्टल डिजाईनिङ्ग सम्बन्धी अनलाईन तालिममा न्युज पोर्टल डिजाईन गर्न, समाचार लेख्न, विज्ञापन गर्न, वेबसाईट दर्ता तथा कानुनी प्रक्रियाको वारेमा सिकाईने ‘ईकमर्स साथी’ प्रा.लि का प्रमुख विजय कुमालले बताए ।
प्रविधिको तिब्र बिकास सँग बिभिन्न विद्याको बेवसाईट निर्माण तथा अनलाईन मार्फत तालिम दिदै आएको कम्पनीले न्युज पोर्टल सम्वन्धी अनलाईन तालिमले ईच्छुक सहभागीहरुको आवश्यकता सम्बोधन हुने बताए ।
तालिम लिने सहभागीहरुले चाहेमा अथवा आवश्यकता ठानेमा नयाँ सेसनमा पुन तालिम लिन सकिने छ । यसका लागी यहा क्लिक गरेर सहभागीहरुले दर्ता गर्न सक्नेछ ।







