दक्षिणपन्थी अबशरबादका अबशेसको अन्त्य अहिलेको मुख्य कार्यभार –एमाले उपमहासचिव ज्ञवाली

पोखरा, बैशाख २३

ने क पा(एमाले)ले का उप- महासचिब प्रदिप ज्ञवालीले दक्षिणपन्थी अबशरबादका अबशेसको अन्त्य अहिलेको मुख्य कार्यभार भएको बताउनुभएको छ । अबसरबादको अवशेषको अन्त्य नभए सम्म समाजवादको आधार निर्माण असम्भब भएको भन्दै बर्तमान हर तहको पार्टीको नेतृत्व त्यसतर्फ केन्द्रीत हुन् आग्रह गर्नुभयो । एमाले स्कूल बिभाग प्रमुख समेत रहनुभएका उप महासचिब ज्ञवालीले पोखरामा जारी स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तिन दिने गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा दोश्रो दिन प्रशिक्षण प्रदान गर्ने क्रममा उक्त कुरा बताउनुभएको हो ।

नेता ज्ञवालीले समाजवादको आधार निर्माणका लागि बलियो राष्ट्रिय शक्तिको रूपमा एमालेलाई स्थापित गर्न आबश्यक मार्गनिर्देश गर्दै समाजबादी समाज निर्माणका जगहरूको निर्माणमा लाग्न आग्रह गर्नुभयो । सामाजिक न्याय सहितको आर्थिक बिकास को अबधारणा अनुसार स्थानीय तहाहरोले आफ्नो नीति तथा कार्यक्रम तय,गर्नुपर्ने,उहाको जोड,थियो । देश बिकास को लागि पुजी निर्माण स्थानीय तहको अर्को कार्यभार भएको र आय निर्माणका कार्यक्रममा केन्द्रीत हुन आग्रह गर्दै पूर्वाधार सहितको मानब पुजी निर्माणमा जोडदिनुभयो । प्रशिक्षणमा उप –महासचिब ज्ञवाली सहित एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय बिकास बिभाग प्रमुख देबेन्द्र दाहाल, सोहि विभागका सचिब हर्कराज राइ, केन्द्रीय स्कुल बिभाग सदस्य रामशरण प्याकुरेल सहितका नेताहरूले सहजिकरण गरिरहनुभएको एमाले गण्डकी प्रदेश कमिटीका सचिब धनन्जय दवाडीले बताउनुभयो।

प्रशिक्षणमा एमालेबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्बाचित प्रमुख ,उप- प्रमुख , जिल्ला समन्वय समितिका प्रमुख ,उप- प्रमुख र प्रत्येक जिल्लाबाट एक जना वडा अध्यक्ष सहित पार्टीका जिल्ला कमिटि अध्यक्ष र इन्चार्जहरू गरी करिब एक सय जनाको सहभागिता रहेको ने क पा एमाले गण्डकी प्रदेशका उप- सचिब तथा प्रचार एबम प्रकासन बिभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिनुभयो ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.