एमाले तनहुँको निर्वाचनमा ५६०मत खस्यो ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको १० औ अधिवेशनमा भएको निर्वाचनमा कुल ५६० मत खसेको छ । पार्टीको १० औ अधिवेशनमा पार्टीको निवर्तमान उपाध्यक्ष हरिराज कडेल र पुर्व प्रदेश सदस्य विष्णुभक्त सिग्देलले प्रतिष्पर्धा गर्देछन् ।
त्यसैगरि उपाध्यक्षमा हरिराज कडेलका पक्षवाट राजेश्वर ढकाल, सचिवमा प्रदिपराज अधिकारी, उपसचिवमा खिम कुमाल र सुनिता नेपालीले प्रतिष्पर्धा गर्देछन् भने अर्का अध्यक्षका उम्मेदवार विष्णुभक्त सिग्देलका पक्षवाट उपाध्यक्षमा श्रीराम कार्की, सचिवमा अनिल पाण्डे, सहसचिवमा वसुन्धरा घर्ति र आर के पोखरेलले प्रतिष्पर्धा गर्देछन ।
जिल्लामा प्रतिनिधित्व गर्ने क्षेत्रहरुमा खुल्ला सदस्य तर्फ ११ जना पुरुष, ११ जना महिला निर्वाचित हुनेछन् भने ४० वर्ष उमेर समुहका युवाको १० जनाको प्रतिनिधित्व रहेनछ । यसैगरि ४० वर्ष मुनिको ५ जनाको महिलाको सहभागिता हुनेछ ।


यसैगरि दलित पुरुष तर्फ ३ र १ जना महिलाको अनिवार्य जिल्लामा प्रतिनिधित्व हुनेछ । मुश्लिम समुदायवाट २ जना, अल्पसंख्यकमा १ जना, अपाङ्गमा १ जना, नगरपालिकामा ४ पुरुष र २ महिला, गाँउपालिका तर्फ २ पुरुष र १ महिलाको प्रतिनिधित्व रहनेछ । मजदुर तर्फ २ पुरुष र १ महिला रहनेछ ।


अध्यक्षका उम्मेदवार रहेका हरिराज कडेललाई किरण गुरुङ्ग, केदार सिग्देल, टुकराज सिग्देल भगवती न्यौपाने लगायतको नेताहरुको साथ रहेको छ भने अर्का प्रत्यासी विष्णुभक्त सिग्देललाई पृथ्वीसुव्वा गुरुङ्गको साथ रहेको वुझिएको छ । यही बैशाख २८ गते देखि शुरु भएको अधिवेशनवाट ९९ जना निर्वाचित हुनेछन भने लेखा कमिटी लगायत केही पदमा सर्वसम्मत भईसकेको छ । निर्वाचनमा कुल ५८७ जना प्रतिनिधी रहेका थिए ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.