अध्यक्षमा हरिराज कडेंल निर्वाचित


नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औ अधिवेशनवाट अध्यक्षमा हरिराज कडेंल निर्वाचित भएका छन् । यहि बैशाख २८ गते शुरु भएको अधिवेशनवाट अध्यक्षमा कडेलले २९२ मत प्राप्त गरि निर्वाचित भएका हुन् भने उनको निकटतम प्रतिद्धन्द्धी बिष्णुभक्त सिग्देलले २०४ मत प्राप्त गरेका छन् ।
यसैगरि उपाध्यक्षमा राजेश्वर ढकाल २७९ मत प्राप्त गरि निर्वाचित भएका छन् भने उपाध्यक्षका निकटतम् प्रतिद्धन्द्धी श्रीराम कार्कीले २१४ मत प्राप्त गरेका छन भने सचिवमा प्रदिपराज अधिकारीले २८० मत प्राप्त गरि निर्वाचित बनेका छन् भने उनका प्रतिष्पर्धी अनिल पाण्डले २११ मत प्राप्त गरेका थिए ।
खुल्ला उपसचिवमा २९६ मत प्राप्त गरि खिम कुमाल निर्वाचित वनेका छन् भने उनका निकटतम प्रतिष्पर्धी आरके पोख्रेलले १८४ मत प्राप्त गरेका छन् । यसैगरि महिला सहसचिवमा सुनिता नेपालीले २८३ मत प्राप्त गरि विजयी वनेका छन् भने उनका निकटतम प्रतिष्पर्धी वसुन्धरा घर्तिले १९७ मत प्राप्त गरि उपविजेता वनेका छन् ।
यसैगरि लेखा समितीको संयोजकमा प्रेम प्रसाद पौडेल, उपाध्यक्षमा आरसी पण्डित, सचिवमा त्रिभुवन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् भने अन्य धेरै पदमा पनि सर्वसम्मत निर्वाचित भएका थिए ।
कुल ५८४ जना मतदाता रहेको निर्वाचनमा ५६० जना प्रतिनिधीले मतदान गरेका थिए । सो कार्यक्रमको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गरेका थिए ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.