सडकको गुरुयोजना निर्माण गर्न सरोकारवालासँग अन्तरक्रिया


व्यास नगरपालिकाले सडक व्यवस्थित रुपमा संचालन गर्न गुरुयोजना निर्माणका लागी अन्तरक्रियात्मक कार्यक्रम शुरु गरेको छ । सडकको सुरक्षित प्रयोग कसरी गर्ने, वडास्तरमा भएको ठुलो राजमार्गको पहिचान, मुख्य सडक, वाटोमा फुटफाट राख्ने भन्ने सम्वन्धमा उक्त अन्तरक्रिया कार्यक्रममा छलफल भएको थियो ।
व्यास नगरपालिका वडा नं ५ मा भएको सो कार्यक्रममा वडाका वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम हेवाइएल ईन्जिनियरिङ्ग कन्सलटेन्सिले सहजीकरण गरेको थियो ।
अन्तरक्रिया कार्यक्रममा वडा नं ५ को टोल अध्यक्ष, सरोकारवालाको सहभागीतामा संचालन भएको उक्त कार्यक्रममा सहभागीहरुले वाटोको मापदण्ड अनुसार सडक नवनेको, सडकमा फुटफाट मार्ग नहुँदा पैदलयात्रा गर्न असहज भएको, वाटोमा नाला निर्माण नभएको अत्याधिक सडक नाममात्रको सडक भएको गुनासो गरेका थिए ।


संघिय सरकारले ५ वर्षमा अनिवार्य रुपमा सडक निर्माणको गुरुयोजना निर्माण गर्नुपर्ने कार्यविधि अनुसार हरेक स्थानिय तहले सडकको गुरुयोजनाका लागी व्यास नगरपालिकाको मातहत रहेर सरोकारवाला पक्ष सँग संवाद गरिएको हेवाईल ईन्जिनियरिङ्ग कन्सलटेन्सिका ईन्जिनियर मोतिराम गिरीले वताए ।
वडा भित्र सानो र ठुलो गरेर १०९ वटा सडक कायम भएको र सडकको व्यवस्थित प्रयोगका लागी दीर्घकालिन योजनाका साथ काम गर्न अन्तरक्रिया कार्यक्रम गरिएको वडाध्यक्ष श्रेष्ठले वताए ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.