म्याग्दे गाँउपालिकाको आव ०८१।०८२ को वजेट ६७ करोड ४९ लाख २९ हजार

चालु तर्फ ६६.४५ प्रतिशत र पुँजिगत तर्फ ३३.५५ प्रतिशत खर्च

म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष ०८१।०८१ को वजेट ६७ करोड ४९ लाख २९ हजार आय विवरण पेश भएको छ । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको गाँउसभामा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले चालु तर्फ रु ४४ करोड ८४ लाख २९ हजार र पुँजीगत तर्फ २२ करोड ६५ लाख वजेट प्रस्तुत गरेका छन् । यो सँगै चालु तर्फ ६६.४५ प्रतिशत र पुजिगत तर्फ ३३.५५ प्रतिशत वजेट खर्च पेश गरेका छन् ।


जसमा वित्तिय समानीरण अनुदानमावाठ ९ करोड ४८ लाख, शशर्त अनुदान चालु रकमवाट १६ करोड १५ लाख ४९ हजार, शशर्तनुदान पुजिगत तर्फ ४० लाख, राजश्व वाँडफाँड रकम वाट ८ करोड ८४ लाख, विशेष अनुदान पुजिगत रकमवाट १ करोड ३५ लाख, समपुरक अनुदान रकम पुजिगत तर्फ संघिय सरकारवाट १ करोड २० लाख रुपैया आउने प्रक्षेपण गरेको छ । यसैगरि आय तर्फ प्रदेश सरकारवाट वित्तिय समानिकरण रकम तर्फ १ करोड २० लाख ९२ हजार, राजश्व वाँडफाँड रकममा ६५ लाख ९० हजार, समपुरक अनुदान रकम ६० लाख, विशेष अनुदान रकम ४० लाख, समाजिक सुरक्षा अनुमानवाट १३ करोड ५० लाख रहेको छ ।


यसैगरि लागत साझेदारीमा नागरिक वाट जम्मा हुने जनसहभागिता र पुर्वाधार निर्माण तर्फ १ करोड ६० लाख, गैसस वाट परिचालन हुने रकम १० लाख, राष्ट्रपति शैक्षिक सुधारवाट ९० लाख,सडकवोर्डको आय वाट २३ लाख, १५ शैयाको अस्पताल अख्तियारी आने अनुमान रकम ५० लाख, शुक्लावाट पुलको लागी आउने रकम २० लाख र लिलाम विक्री तथाा अन्य आम्दानीवाट ३ करोड ५० लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.