लायन्स क्लव अफ भानुभक्तको वर्ष २०२४।२५ को पदभार हस्तान्तरण कार्यक्रममा शैक्षिक समाग्री वितरण


लायन्स क्लव अफ तनहुँ भानुभक्तद्धारा म्याग्दे १, वाख्रे स्थित श्री कुलज्योति प्रा.लिका विद्यार्थीलाई शैक्षिक समाग्री हस्तान्तरण गरेको छ । लायन्स क्लव अफ भानुभक्तको वर्ष २०२४।२५ को पदभार हस्तान्तरण कार्यक्रमको अवसर पारेर विद्यार्थीलाई शैक्षिक समाग्री हस्तान्तरण गरिएको हो । वर्ष २०२३।२०२४ को अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वर्ष २०२४।२५ का अध्यक्ष लायन्स हर्षमान श्रेष्ठलाई पदभार हस्तान्तरण गरे ।


पदभार ग्रहण गर्दे अध्यक्ष हर्षमान श्रेष्ठले क्लवले सामाजिक उत्तरदायित्व अन्तरगत विद्यार्गीहरुलाई शैक्षिक समाग्री वितरण गरिएको वताए । समाजका आर्थिक रुपमा विपन्न समुदायको विद्यार्थीलाई निजको पढाईमा केही सहयोग होस भन्ने हेतु शैक्षिक समाग्री वितरण गरेका हौ, अध्यक्ष श्रेष्ठले भने ।


विद्यालयका प्रधानाध्यापक पदम कुमार श्रेष्ठले क्लवले विद्यालयको निम्न आयस्तर भएको विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेर सहनिय काम गरेको वताए ।
लायन्स क्लव ईन्टरनेशनल ३२५ एलका एक्जकेटिभ चिफ लाययन सुरेन्द्र पौडेलको प्रमुख आतित्थ्यतामा भएको का कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष वलभद्र श्रेष्ठले स्वागत गरेका थिए । यस्तै गरि लायन्स क्लवको उपाध्यक्षमा वलभद्र श्रेष्ठ, द्धित्तिय उपाध्यक्षमा देव रसाईली, तृतिय उपाध्यक्षमा महेन्द्र थापा, सचिवमा महेन्द्र गिरी र कोषाध्यक्षमा रन्जित शाह चयन भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.