व्यास नगर साईनिङ स्टार २०२४ का सिजन १० हुने

जेसिआई व्यास नगरको आयोजनामा व्यास नगर साईनिङ स्टार २०२४ का सिजन १०(दशौँ संस्करण) हुने भएको छ । व्यास नगर क्षेत्रका विभिन्न विद्यालयमा अध्ययन गर्ने १० वर्षदेखि १५ वर्ष सम्मका बालवालिकाको अन्तरनिहित प्रतिभाको उजागर गर्ने उदेश्यले भदौ ८ गते दमौलीमा ग्राण्ड फिनाले कार्यक्रम हुन लागेको हो ।

शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरेर साईनिङ स्टारको वारेमा जानकारी दिईएको हो । साईनिङ स्ट्रारमा व्यास नगरपालिका क्षेत्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूबिच २०८१ साउन ११ र १२ गते कन्काई ग्लोवल एकेडेमी व्यास ४ मा अडिसन गरि उत्कृष्ट २० जना छानी उनिहरूलाई प्रतिस्पर्धा गराईने छ ।

साईनिङ स्टारमा विजेता (प्रथम) हुनेलाई २५ हजार २४ रूपैया नगद, फस्ट रनरअपलाई १५ हजार २४, सेकेन्ड रनरअपलाई १० हजार २४ र १० जनालाई विभिन्न टाईटल अवार्डबाट प्रतिव्यक्ति २ हजार २४ नगद सहित प्रमाणपत्र लगायतले सम्मान गरिने बताईएको छ ।

जेसिआई व्यास नगर वर्ष २०२४ अध्यक्ष नवीन पुरीको अध्यक्षतामा भएको कार्यक्रममा जेसिआई व्यास नगर वर्ष २०१५ का अध्यक्ष जेसी माधव न्यौपाने, नेपाल पत्रकार महासंघ तनहुँ शाखा निवर्तमान अध्यक्ष ओमकार आचार्य, व्यास नगर साइनिङ स्टार २०२३ की विजेता सदिक्षा राना, व्यास नगर जेसिआई व्यास नगर २०२२ का अध्यक्ष कृष्ण सुनार,

जेसिआई व्यास नगर कार्यकारिणी उपाध्यक्ष एवं कार्यक्रमका मुल संयोजक पुर्ण विके लगायतले भनाई राखेका थिए । सन २०१३ देखि हरेक वर्ष वाल प्रतिभा पहिचान गर्ने उदेश्यले जेसिआई व्यास नगरले साईनिङ स्टार सञ्चालन गरेपनि कोभिड–१९ का कारण सन २०२० र २०२१ मा भने कार्यक्रम हुन सकेको थिएन ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.