१०४ जनाको सहभागिता
जेसीआई व्यास नगर साईनिङ्ग स्टार वर्ष २०२४ को १० औ संस्करणको अडिसन सम्पन्न भएको छ । १० वर्ष देखि १५ वर्ष उमेर समुहका वालवालिकाहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्येश्यका साथ संचालन गरिएको अडिसनमा १०४ जनाको सहभागिता रहेको छ ।

वालवालिकामा भएको अन्तरनिहित क्षमता नृत्य, गायन, वक्तृत्वकला, अभिनय, चित्रकला र वाध्यावादनको कलालाई व्यास नगरि साईनिङ्ग स्टारको अडिसनमा सहभागीहरुले प्रस्तुत गर्नेछन भने सहभागीहरु मध्ये २० जनालाई छनौट गरिने अध्यक्ष जेसी नविन पुरीले वताए ।
छनौट भएका वालवालिकालाई १ महिना सँग सम्वन्धित विषयमा तालिम प्रदान गरिनेछ ।

छनौट भएका सहभागीहरुलाई प्रतिष्पर्धावाट प्रथम हुनेलाई २५ हजार २४ रुपैया, दोश्रो हुनेलाई १५ हजार २४ र तेश्रो हुनेलाई १० हजार चौविस पुरस्कारका साथ विभिन्न उत्कृष्ट १० वटा विद्याहरुमा टाईटल अवार्डका साथै सहभागीहरुलाई प्रमाणपत्र दिईने जेसीआई व्यास नगरले जनाएको छ ।

जेसीआई व्यास नगर साईनिङ्ग स्टार वर्ष २०२४ को १० औ संस्करणको फाईनल भाद्र ८ गते हुनेछ ।








