व्यास नगरस्तरीय तीज गीत प्रतियोगितामा दिपज्योति आमा समुह प्रथम


व्यास नगरपालिकाले आयोजना गरेको नगरस्तरीय खुल्ला तीज गीत प्रतियोगितामा दिपज्योति आमा समुह व्यास १ ले हात पारेको छ । व्यास नगरपालिकाका उपप्रमुख ईन्दिरा दरैको अध्यक्षतामा भएको सो तीज गीत प्रतियोगिता कार्यक्रममा गण्डकी प्रदेश सरकारका सासंद अशोक कुमार श्रेष्ठ प्रमुख अतिथी रहेको थिए ।


नगरभित्रका १४ वटा वडाको प्रतिनिधित्व रहेको तीज गीत प्रतियोगितामा पोखरी भन्ज्याङ्क आमा समुहले दोश्रो स्थान हात पारको छ भने दुम्सि नमुना ग्रामले तृतीय स्थान हासिल गरेको थियो । यसैगरि सान्त्वना पुरस्कारहरु साना किसान आमा समुह व्यास १४ र मिलन आमा समुहले प्राप्त गरेको थियो ।
प्रथम हुने महिला समुहले ३५ हजार, दोश्रोले २५ हजार, तृतीयले २० हजार र सान्त्वना हुने टिमले १० १० हजार नगद सहित सम्मान पत्र प्राप्त गरका थिए भने सहभागी सम्पुर्ण टिमलाई यातायात खर्च वापत जनही ३ हजारका दरले प्रदान गरिएको थियो ।


सो अवसरमा प्रमुख अतिथी श्रेष्ठले महिलाको समान सहभागिता विना विकास सम्भव नभएको हुदाँ सवै क्षेत्रमा समान प्रतिनिधित्व नै अवको आवश्यकता भएको वताउनुभयो । कार्यक्रममा व्यास नगरपालिकाका मेयर वैकुष्ठ न्यौपाने, जिल्ला समन्वय समितीका प्रमुख शान्तिरमण वाग्ले लगायतले धारणा राखेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.