वरिष्ठ गजलकार तथा गायक श्री प्रदिप रोदन र राज सिग्देलले लायन्स गजल साँझमा प्रस्तृति दिने


लायन्स क्लव अफ तनहुँ भानुभक्तको आयोजनामा लायन्स गजल साँझ हुने भएको छ । पिछडिएको सिमान्तकृतवर्ग र प्राकृतिक तथा दैविप्रकोपवाट प्रताडित समुदायलाई विभिन्न माध्यामवाट सहयोग गर्दे आएको लायन्स क्लव अफ तनहुँ भानुभक्तले कोष निर्माण गर्ने अभिप्रायले यहि माघ ११ गते दमौलीको सभागृहहलमा गजल साँझ गर्न लागिएको क्लवका अध्यक्ष लायन हर्षमान श्रेष्ठले जानकारी दिए ।


वरिष्ठ गजलकार तथा गायक श्री प्रदिप रोदन र राज सिग्देलले कार्यक्रममा गजल प्रस्तुत गर्नेछन् ।


समुदायमा रहेका विपन्न वालवालिकाहरुको सहज पठनपाठनमा सहयोग गर्ने, वालवालिकाको पोषण अभिवृद्धि गर्ने तथा लायन्स क्लव अफ तनहुँ भानुभक्तको नाउमा अक्षय कोष खडा गर्ने उद्येश्यका साथ गजल साँझ गर्न लागिएको क्लवका पुर्वअध्यक्ष एवं एक्जुकेटिभिज चिफ लायन्स सुरेन्द्र पौडेलले वताए ।
क्लवले आयोजना गर्न लागेको सो पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य प्रदिप काफले, पत्रकार महासंघका अध्यक्ष डिपी अधिकारी लगायतले धारणा राखेका थिए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.