खुल्ला महिला हाफ म्याराथन हुने


व्यास नगरपालिकाको आयोजनामा पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान भन्ने मुल नाराको साथ यहि माघ १६ गते ७८ औ सहिद दिवशको अवसरमा चौथो व्यास नगर खुल्ला महिला हाफ म्याराथन हुने भएको छ ।
राष्ट्रिय स्तरको खुल्ला महिला हाफ म्याराथन प्रतियोगिता दमौली वजारको अनसनचौतारी देखि व्यास नगरपालिकाको वडा नं ११ स्थित तनहुँसुर दरवारसम्मको २१ किलोमिटरको हुनेछ ।


प्रतियोगितामा सहभागी हुन चाहनेले अनलाईन तथा व्यास नगरपालिकाको कार्यलयवाट दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ४१ हजार एकासी, दोश्रो हुनेले ३१ हजार एकासी, तृतीय हुनेले २१ हजार एकासी र ५ जना सान्त्वनालाई ५ हजारका दरले प्रदान गरिने कार्यक्रमका संयोजक एवं उपप्रमुख ईन्दिरा दरैले जानकारी दिईन ।
प्रतियोगीहरुलाई माघ १५ गते अभिमुखीकरण दिईने आयोजकले जनाएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.