अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले यहि चैत्र ५ गते हुने आदिकवि भानुभक्त क्याम्पुको स्ववियूको निर्वाचनमा सहभागी नहुन अपिल गरेको हो । स्ववियुको निर्वाचनमा निर्वाचन समितीले पुर्वाग्रह राखेर एकपक्षिय निर्णय गरेको भन्दै उच्च अदालतमा रिट दायर गरेको अनेरास्ववियुले अदालतको फैसला नहुदाँ सम्म निर्वाचनमा सहभागी नहुन सम्पुर्ण विद्यार्थीहरुलाई अपिल गरेको छ ।

हाम्रो संगठनले प्रवन्ध समिती समक्ष २०८१ फाल्गुण २८ गते नै फाल्गुण २७ गते समितीले सरोकारवाला विद्यार्थी संगठनसँग कुनै छलफल र सहमती नगरी मनोनयनको समय एकपक्षिय ढंगले वढाएको विषय निर्वाचन निर्देशिकाको नियम २०८१ को दफा ७ विपरित भएको हुदाँ दावा विरोध गरेको र उक्त दावा विरोधमा प्रवन्ध समितीले कुनै चासो नराखेको वताएको छ । त्यसको विरुद्धमा कानुनी उपचारका लागी उच्च अदालतमा मुद्धा गरिएको र उक्त मुद्धामा अदालतले कारण देखाउ आदेश जारी गरेको सन्र्दभमा निर्वाचन समितीले जर्वजस्ती निर्वाचन गराउन खोज्नु अदालतको मानहानी र अपहेलना गरेको अनेरास्ववियुले ठहर गरेको अध्यक्ष आशिष पौडेलद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

उच्च अदालत पोखरामा विचाराधिन रहेको मुद्धाको विषयलाई गम्भीरतापुर्वक लिई उक्त विषयको टुङ्गो नलाग्दा सम्म, अखिल(क्रान्तिकारी) लगायतका संगठनले आफनो माग सहित निर्वाचन प्रवन्ध समिती र क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको सन्र्दभमा स्ववियू निर्वाचनका सवै प्रक्रिया अगाडी नवढाउन र यस्तो अवैधानिक निर्वाचन प्रक्रियामा कुनै पनि संगठनहरु र क्याम्पसमा अध्यनरत आम विद्यार्थीहरुलाई संलग्न नहुन अपिल गर्दछौ, विज्ञप्तीमा जनाईएको छ ।
