म्याग्दे गाँउपालिकाको दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (फोटोफिचर सहित)


म्याग्दे गाँउपालिकाद्धारा आ.व. ०८१।०८२ को दोश्रो त्रैमासिकमा सम्पादित कार्यक्रम विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्वन्धमा दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण लोकवाणी पव्लिकेशन प्रा.लि.ले गरेको हो ।


सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले चौमासिक अवधिमा पालिकामा भएका कार्यसम्पादनका वारेमा प्रकाश पारेका थिए भने विषयगत शाखा प्रमुखहरुले आफनो शाखा अन्तरगत रहेको कामका विषयमा सहभागीहरुलाई प्रकाश पारेका थिए ।


सो अवसरमा सेवाग्राहीहरुले पालिकाले गरेका गतिविधिका वारेमा प्रश्न गरेका थिए । पालिकाले गरेका विकास निर्माण, सुशासन, कृषि तथा रोजगार, कोल्ड स्टोर, डम्पिङ्ग साईडका वारेमा प्रश्न गरेका थिए । त्यसैगरि सहभागीहरुले विकास निर्माणमा असमान व्यवहार गरेको, भेगिय भेदभाव गरेको वारेमा गुनासो गरेका थिए ।


सहभागीहरुको प्रश्नको जवाफ दिदै पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकामा अन्य पालिकामा भन्दा धेरै काम भएको वताए । जनताको चाहना पुरा गर्नु मात्र आफनो उद्येश्य भएको हुदाँ पालिका निर्माणमा सवैको साथ र सहयोगको अपेक्षा गरे ।


त्यसैगरि कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले संघिय तथा प्रदेशको वजेट कार्यन्वयमा समस्या भएको वताए । विकास वजेटमा कटौती भएको हुदाँ विकासमा असर परेको हुदाँ सवैको साथ र सहयोगले मात्र पालिका वनाउन सकिने विश्वास व्यक्त गरे ।


सार्वजनिक सुनुवाई कार्यक्रममा वडा नं ४, ६ र ७ नं वडाको स्थानिय जनता, राजनैतिक दलका प्रतिनिधी र समाजसेवी तथा वुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.