नेपाल कम्युनिष्ट पार्टी(एमाले) का गण्डकी प्रदेश ईन्चार्ज किरण गुरुङ्गले पार्टीमा कुनै पनि आग्रह, पुर्वाग्रह नराखीकन काम गर्न आग्रह गरे । अवको लक्ष्य ८४ को चुनाव भएको हुदाँ योजना साथ मिहिन ढंगले काम गर्नुपर्दछ । पार्टीमा फरक मत राख्ने निश्चित थलो हुने हुदाँ पार्टी भित्रका असन्तुष्टिलाई सम्वन्धित निकायमा राख्न समेत ईन्चार्ज गुरुङले भने ।
पार्टीमा कुनै पनि विचारको प्रतिष्पर्धा नभएको हुदाँ योग्य र ईमान्दारको उचित मुल्यांकन हुने समेत गुरुङले भने ।
देशमा देखिएको अराजकता र उच्छृङखलता लाई विचारको माध्यामवाट चिर्नुपर्नेछ । स्वतन्त्रतका नाममा जे पनि गर्ने छुट कसैलाई नभएको हुदाँ विचारमा सुस्पष्ट ढंगले अडिन समेत गुरुङले निर्देशन दिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको वैठकलाई सम्वोधन गर्दे ईन्चार्ज गुरुङले सो कुरा वताएका हुन् । जिल्ला अध्यक्ष हरिराज कडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा तनहुँ ईन्चार्ज केदार सिग्देल, केन्द्रिय सदस्य भगवती न्यौपाने, सल्लाहकार सदस्य एकवहादुर राना, प्रतापलाल श्रेष्ठ, नवलपुर ईन्चार्ज तिलक महत लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।







