नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँका सचिव प्रदिपराज अधिकारीले नेकपा एमाले र केपी ओलीको सरकारले राम्रो काम गरेता पनि कार्यकर्ताले अपनत्व नलिदाँ अराजकता वढेको वताउनुभयो । देशको शक्ति नै एमाले भएको तर विपक्षी दलले नेकपा एमालेमाथी निरन्तर प्रहार गरिरहदाँ पनि नेकपा एमालेका कार्यकर्ता मुकदर्शक वनेको वताए ।

संविधान जारी गर्दा एमालेको अडान होस वा नाकावन्दीको समयमा एमालेले जनपक्षिय काम गरेको थियो, त्यो सव एमालेको अगुवाईमा भयो । देशमा विकास निर्माणले गति लिईरहेको छ, दुरगामी कामहरु भईरहेको छ । तर नेकपा एमालेका कार्यकर्ता र नेताहरु नै एमाले खुईल्याउन लागेका छन्, उनले भने ।
ओली सरकारले जनपक्षिय काम गरेको छ तर सिङ्गो देश नै एमालेमाथी आक्रमण भईरहदाँ कार्यकर्ताहरु विपक्षीको स्वरमा स्वर मिलाईरहेको छ । यो पार्टीको लागी राम्रो पक्ष होईन, सरकारले राम्रो काम गर्दा जनतालाई वुझाउनुका साटो अफवाह फैलाउने समाचारमा लागेर पार्टीको विरुद्ध वोल्ने, लेख्ने छुट नेकपा एमालेका कार्यकर्तालाई छैन, उनले भने । नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यास नगर कमिटीको वैठकमा सचिव अधिकारीले सो कुरा वताएका हुन् ।
व्यास नगर कमिटीको वैठकले यहि जेठ १३ गते सम्म सम्पुर्ण वडाको सदस्यता नविकरण गर्ने, विभागको मनोनित गर्ने र यहि जेठ ९ गते हुने युवा संघको केन्द्रिय महाधिवेशनमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको कमिटीका अध्यक्ष तुलसीराम पाण्डेले वताए ।