१०५ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण (तस्विरहरु सहित)

दोश्रो दिन वाख्रेमा

घुम्ति शिविरको दोश्रो दिनसम्म १०५ जनालाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरिएको छ । म्याग्दे गाँउपालिकाले आयोजना गरिएको घुम्ति शिविरवाट दोश्रो दिन सम्म १०५ जना वृद्धवृद्धलाई परिचयपत्र वितरण गरिएको हो । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष वालकृष्ण घिमिरेले वाख्रेमा भएको घुम्ति शिविरमा वृद्धवृद्धालाई जेष्ठ नागरिक परिचय पत्र वितरण गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।


शिविरमा व्यवसाय दर्ता, जन्मदर्ता, डिजिटल घर नम्वर प्लेट, जेष्ठ नागरिक कार्ड, उपभोक्ता समितीसँगको सम्झौता, महिलाहरुको पाठेघर जाँच, परिवार नियोजन सम्वन्धि जानकारी, रक्तचापको जाँच, कृषि वीउ विजनका वितरण, पशुको गोवर परिक्षण, क्रयास्टेशन क्षयरोग स्कृनिङ, सुगर परिक्षण, पोषण सेवा, भिआईए स्कृनिङ, प.नि. सेवा तथा परामर्श र कोभिड–१९ विरुद्धको खोप लगायतको सेवा दिईएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।


घरआँगनमा नै आएको जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्दा खुशी भएको वाख्रे निवासी मैते कामीले वताए । वृद्धवृद्धा वडा र पालिका सम्म पुग्न कठिन भएको सन्र्दभमा टोलमा आएर परिचय पत्र पाउँदा खुशी लागेको हिरा विकले वताए । टोलमा आएर अत्यावश्यक सेवा दिदाँ जनतालाई राहत मिलेको स्थानिय समाजसेवी पदम कुमार श्रेष्ठले वताए ।


म्याग्दे गाँउपालिकाले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरेर सेवा घरआँगनमा पुरयाउने उद्येश्य सहित एकीकृत घुम्ति शिविर शुरु गरिएको हो । असोज २ देखि संचालन हुने घुम्ति शिविर असोज ३१ गते सम्म चल्ने गाँउपालिकाले जनाएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.