१२९ जनाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण (VIA Screening) (तस्विरहरु सहित)

म्याग्दे गाउँपालिकाको आयोजनामा भएको घुम्ति शिविरमा दोश्रो दिनसम्म १२९ जनाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण गरिएको छ ।


शिविरको पहिलो दिन मान्हौंमा ४६ जना गुणादीमा ३३ जना गरि जम्मा ७९ जनाको महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण भएकोमा ८ जनाको क्यान्सर संकास्पद भेटिएको, ८ जनाको आङ् खस्ने समस्याको रिङ्ग प्रेसरी बाट उपचार गरिएको, ३ जना महिलाहरुलाई लामो अवधिको प.नि. साधनको प्रयोग गरिएको थियो ।


यसैगरि शिविरको दोश्रो दिन बाख्रे गाउँमा ५० जना महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण भएकोमा ३ जनाको क्यान्सर संकास्पद भेटिएको, २ जनाको आङ् खस्ने समस्याको रिङ्ग प्रेसरी बाट उपचार गरिएको थियो । ३ जना महिलाहरुको पाठेघरको मुखमा मासु पलाएको समस्या देखिएको थियो । समस्या देखिएका ६ जनालाई सम्बन्धित अस्पतालमा रिफर गरिएको र २ जना महिलाहरुलाई लामो अवधिको प.नि. साधनको प्रयोग गरिएको स्वास्थ्य शाखा प्रमुख दिनेश गौतमले वताउनुभयो ।


एकिकृत घुम्ती शिविर अन्र्तगत कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवा तर्फ बहिरङ्ग सेवा जसमा विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधि वितरण, प्रयोगशाला सेवा जसमा रगतमा ग्लुकोज परिक्षण, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण, कोभिड १९ बिरुद्धको खोप सेवा, आयुर्वेद स्वास्थ्य सेवाहरु दिईएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।


घुम्ति शिविरमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे, कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु को उपस्थिती रहेको थियो । यहि असोज २ गते सम्म चल्ने घुम्ति शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.