१०० वर्षे आमालाई कोभिड खोप (तस्विरहरु सहित)

घरघरमा नै गएर सेवा

म्याग्दे गाँउपालिकाले आयोजना गरेको घुम्ति शिविरमा १०० वर्षे आमालाई कोभिडको फाईजर खोप
दिईएको छ । शिविरको तेश्रो दिन म्याग्दे–२,को रिषीथुम भैसीखर निवासी १०० वर्षको धनमाया
परियारलाई कोभिडको दोश्रो चरणको खोप लगाईएको हो ।

रिषीथुम भैसीखर निवासी १०० वर्षको धनमाया
परियारलाई कोभिडको दोश्रो चरणको खोप


पालिकाको आयोजनामा भएको घुम्ति शिविरमा तेश्रोे दिनसम्म ३८३ जनाले कोभिड १९
विरुद्ध वयस्क फाईजर खोप लिएका छन् । जस मध्ये ४८ जनाले पहिलो मात्रा, ३३ जनाले दोश्रो मात्रा
तथा ३०२ जनाले तेश्रो÷बुष्टर मात्रा खोप सेवा लिएका हुन ।

रिषीथुम रामथुन डाँडा निवासी वर्ष ६९
को शेरवहादुर श्रेष्ठलाई घरमा कोभिड खोप


यसैगरि शिविरवाट अशक्त भएर चल्न नसक्ने अवस्थामा रहेका रिषीथुम रामथुन डाँडा निवासी वर्ष ६९
को शेरवहादुर श्रेष्ठलाई घरमा गएर कोभिड खोप र स्वास्थ्य सेवा स्वास्थ्य शाखा प्रमुख तिलक पौडेलले
वताए ।


एकिकृत घुम्ती शिविर अन्र्तगत कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवा तर्फ बहिरङ्ग सेवा जसमा विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधि वितरण, प्रयोगशाला सेवा जसमा रगतमा ग्लुकोज परिक्षण, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण, कोभिड १९ बिरुद्धको खोप सेवा, आयुर्वेद स्वास्थ्य सेवाहरु दिईएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।


घुम्ति शिविरमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे, कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु को उपस्थिती रहेको थियो । यहि असोज २ गते देखी शुरु भएको घुम्ति शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको छ ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.