अपाङ्गता र अशक्तता भएका व्यक्तिलाई घरमा नै पुगेर खोप (तस्विरहरु सहित)


म्याग्दे गाँउपालिकाद्धारा आयोजित घुम्ति शिविरको चौथो दिन म्याग्दे ३, को किलचोकमा शारिरिक रुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरुलाई घर घरमा नै गएको कोभिड विरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिईएको छ ।

शारिरिक अपाङ्गता कृष्ण वहादुर थापालाई खोप दिने क्रममा


पुर्ण अशक्त रहि क श्रेणीको अपाङ्गता रहेका वर्ष ३२ का पुर्ण वहादुर सारु, वर्ष २८ को कृष्ण वहादुर थापा, सोही ठाँउ वस्ने, वर्ष ३३ को विहिसरा थापा र हुन्चिङ्ग निवासी वर्ष २९ को नारायण वहादुर हुन्चिङ्गको घर घरमा नै गएर कोभिड विरुद्धको खोप र स्वास्थ्य सेवा दिईएको हो । अपाङ्गताहरु वडा र पालिकामा आउन नसक्ने र घुम्ति शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएको हुदाँ निजहरुको घर घरमा नै गएर खोप र अन्य स्वास्थ्य सेवा दिईएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

शारिरिक अपाङ्गता वर्ष ३३ को विहिसरा थापालाई कोभिड खोप दिईदै


स्पाईनल ईन्जुरीको कारण पुर्ण रुपमा शारिरिक अपाङ्ग भई ओछ्यानमा रहेका २९ वर्षिय नारायण वहादुर हुच्चिङ्ग कोभिड खोप र स्वास्थ्य सेवा पाँउदा ह्दयदेखि नै खुशी भएको वताए । समान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएको व्यक्तिलाई सरकारले विशेष ध्यान दिनुपर्ने वहाँले वताए ।
चौथो दिनसम्ममा सात ठाँउको शिविर सम्पन्न हुंदा कोभिड १९ विरुद्ध वयस्क फाईजर खोप २६७ जनाले लिएका छन् । जस मध्ये १७ जनाले पहिलो मात्रा, १८ जनाले दोश्रो मात्रा तथा २३२ जनाले तेश्रो÷बुष्टर मात्रा खोप सेवा लिएका स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले वताए ।
वडा नं. १ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं. २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिही समेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भईसकेको पालिकाले वताएको छ । शिविर असोज २ देखि २०७९ असोज ३१ गते सम्म चल्नेछ ।

शारिरिक अपाङ्गता वर्ष २९ को नारायण वहादुर हुन्चिङ्गलाई खोप दिईदै
शारिरिक अपाङ्गता वर्ष ३२ का पुर्ण वहादुर सारु

घुम्ति शिविरमा जन्मदर्ता प्रमाणपत्र हस्तान्तरण गरिदै
घुम्ति शिविरमा वहरलाई गोरु वनाईदै
शारिरिक अशक्ततालाई खोप दिन जादै जनप्रतिनिधी र स्वास्थ्य शाखाका कर्मचारीहरु
Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.