६१२ जना कृषक लाभान्वित, २६ वटा पशुको वन्ध्याकरण (तस्विरहरु सहित)

घुम्ति शिविरको छैटौ दिनसम्म आईपुग्दा ६१२ जना कृषक प्रत्यक्ष लाभान्वित वनेका छन् । म्याग्दे गाँउपालिकाद्धारा आयोजित घुम्ति शिविरमा पालिकाका विभिन्न भागमा गरिएका घुम्ति शिविरमा पशु शाखा अन्र्तगत ६१२ जना कृषकले सेवा लिएको हो ।

घुम्तिशिविरमा सेवाग्राहीहरु सेवा लिदै ।


शिविरको पहिलो दिन मान्ह्रौ र गुणादीमा गरिएको सेवामा १४० कृषकले सेवा लिएका थिए भने दोश्रो दिन वाख्रेमा ७५ जना, तेश्रा दिन गुन्जरा र जामुनेमा ८० जना, ऋषिथुम र पिपलडिहीमा ११० जना, किलचोक र वेलटारमा ९८ जना कृषकले सेवा लिएका थिए ।

घुम्तिशिविरमा सेवाग्राहीहरु सेवा लिदै ।


यसैगरि धयेर र पसलेमा भएको शिविरवाट १०९ जना कृषकले सेवा लिएको कृषि शाखाका प्रमुख श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।

सेवा लिनका लागी लामवद्ध सेवाग्राहीहरु ।


शिविरमा गोवर परिक्षण तर्फ ७९ जना कृषक, २५ वटा पाठाको वन्ध्याकरण, १ वटा वहरको वन्ध्याकरण गरिएको शाखाले जनाएको छ । घुम्ति शिविरमा विभिन्न सेवा लिने सेवाग्राहीहरुको उल्लेख्य जनसहभागिता रहेको छ ।


एकिकृत घुम्ती शिविर अन्र्तगत कोभिड १९ बिरुद्धको खोप सेवा, कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवा तर्फ बहिरङ्ग सेवा जसमा विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधि वितरण, प्रयोगशाला सेवा जसमा रगतमा ग्लुकोज परिक्षण, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण, आयुर्वेद स्वास्थ्य सेवाहरु दिईएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । यहि असोज २ गते देखि शुरु भएको घुम्ति शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको छ ।

सेवाग्राहीहरुलाई स्वास्थ्य शिक्षा दिदै स्वास्थ्यकर्मीहरु ।

सेवा लिनका लागी लामवद्ध सेवाग्राहीहरु ।
कोभिड खोप लगाउदै स्वास्थ्यकर्मी
वाख्राको वन्ध्याकरण गरिदै
पाठेघरको मुखको क्यान्सर परिक्षण गर्दे स्वास्थ्यकर्मी
घरनम्वर प्लेट ठोक्दै पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ
सेवा लिनका लागी जनताको उल्लेख्य सहभागिता
घरनम्वर प्लेठ ठोक्दै पालिकाका कार्यपालिका सदस्य
ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्नुहुदै पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.