आधा घण्टाको पैदल हिडेर स्वास्थ्य समाग्री वोकेर गाँउस्वाँरामा घुम्ति शिविर । (तस्विरहरु सहित)

गाँउस्वाँरा–६,

म्याग्दे गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ति शिविर म्याग्दे गाँउपालिका वडा नं ६ को गाँउस्वाँरा र अकलामा सम्पन्न भएको छ । पालिकाको सवैभन्दा विकट रहेको वडा नं ६ को गाँउस्वाँरामा सेवा दिन पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष लगायत कर्मचारी हरु आधा घण्टाको पैदल हिडेर स्वास्थ्य समाग्री वोकेर गाँउस्वाँरा पुगेको थियो ।

स्वास्थ्य समाग्री वोकेर गाँउस्वाँरा जादै कर्मचारीहरु ।


मोटरमार्गको पहुँच नभएको तर जानै पर्ने भएपछि स्वास्थ्य समाग्री वोकेर जनताको सेवाका लागी गाँउस्वारा आयौ, पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताउनुभयो । पालिकाको हरेक टोलमा मोटरमार्गको पहुँच नपुगेको गाँउस्वाँरा पनि हो । यसलाई कसरी सम्वोधन गर्ने भनेर पालिकाले सोचिरहेको छ । पालिका अध्यक्ष श्रेष्ठले भने ।

स्वास्थ्य समाग्री वोकेर गाँउस्वाँरा जादै कर्मचारीहरु ।


शिविरमा व्यापक मात्रामा स्थानिय जनताको सहभागिता रहेको थियो । शिविरमा विषेश गरि महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण, स्वास्थ्य सेवा लिनेको भीड लागेको थियो । पैदल हिडेर नै स्वास्थ्य समाग्री सहित वोकेर आएर पालिकाले सेवा दिदा स्थानिय जनताले पाहुनालाई माला र टिका लगाएर स्वागत समेत गरेको थियो । जनताप्रतिको उत्तरदायित्वले गर्दा पालिका हाम्रो टोलसम्म हिडेर आईपुगेको छ, यसले हामीलाई अत्यन्त हर्षित तुल्याएको छ, स्थानिय अगुवा राममायाले खुशी व्यक्त गरिन् ।

स्वास्थ्य समाग्री वोकेर गाँउस्वाँरा जादै कर्मचारीहरु ।


विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधी वितरण हुनेछ । रगतमा ग्लुकोजको परिक्षण, खकार परिक्षणका लागी नमुना संकलन, औलोरोगको परिक्षण हुनेछ । जन्म, मृत्यृ, वसाई, सराई, एवं सम्वन्ध विच्छेदका दर्ता हुनेछ ।

स्वास्थ्य समाग्री वोकेर गाँउस्वाँरा जादै कर्मचारीहरु ।


शिविरमा महिलाहरुको पाठेघर परिक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवंम परामर्श सेवा हुनेछ । परिवार नियोजन परामर्श सेवा, कोभिड १९ विरुद्धको पहिलो, दोश्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुवैद सेवा, स्वास्थ्य विमा सेवा घुम्ति शिविरवाट उपलव्ध हुनेछ ।

गाँउमा नै शिविर ल्याएर खुशी भएपछि स्थानिय समुदायको सम्मान पछि पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशाशकिय अधिकृत


व्यवसाय दर्ता, राजश्व संकलन, मालपोत तथा भुमिकर संकलन, ज्येष्ठ नागरिक एवं अपाङ्ग परिचय पत्र वितरण हुनेछ । विउविजन वितरण एवं कृषि अनुदान माग संकलन, पशु सेवा शाखा अन्र्तगत गोवर परिक्षण र नतिजाको आधारमा पशु पंक्षिलाई औषधी वितरण, वाख्रा, पाठा एवं वहर वन्ध्याकरण एवं विरामी पशुको उपचार व्यवस्थापन, उपभोक्ता सँग योजना संम्झौता हुने म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

गाँउस्वाँरामा आयोजित शिविरमा कोभिड खोप लगाउदै स्थानिय जनता ।


कार्तिक ४ गते सम्म चल्ने शिविरमा गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे प्रमुख प्रशाशकिय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरुको उपस्थिती रहेको थियो ।

वहरलाई वन्ध्याकरण गरि गोरु वनाउदै पशु चिकित्सक
घरआँगनमा नै ज्येष्ठ नागरिक परिचय पत्र पाएपछि खुशी हुदै वृद्धवृद्धाहरु
शिविरको सेवा लिन स्थानिय
म्याग्दे–६ मा रहेको फिर्दीस्वँराको वाँधमा खोलाले गरेको क्षति निरिक्षणमा पालिका अध्यक्ष र उपाध्यक्ष

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.