सर्वलाङ्ग, क्षेत्रेभञ्याङमा र तिलाहारमा शिविर सम्पन्न (तस्विरहरु सहित)

सर्वलाङ्ग –६

म्याग्दे गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ति शिविर म्याग्दे गाँउपालिका वडा नं ६ को सर्वलाङ्ग, क्षेत्रेभञ्याङमा र तिलाहारमा एकीकृत घुम्ति शिविर सम्पन्न भएको छ । यो सँगै गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ति शिविर पनि सम्पन्न भएको छ । शिविर पुर्ण रुपमा सफल र जनताको उल्लेख्य सहभागिता रहेको गाँउपालिकाले जनाएको छ ।

शिविरमा स्थानिय जनसमुदायको उल्लेखय उपस्थिती


शिविरमा विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधी वितरण गरिएको थियो । रगतमा ग्लुकोजको परिक्षण, खकार परिक्षणका लागी नमुना संकलन, औलोरोगको परिक्षण हुनेछ । जन्म, मृत्यृ, वसाई, सराई, एवं सम्वन्ध विच्छेदका दर्ता गरिएको थियो ।

शिविरमा स्थानिय जनसमुदायको उल्लेखय उपस्थिती


शिविरमा महिलाहरुको पाठेघर परिक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेशण एवंम परामर्श सेवा हुनेछ । परिवार नियोजन परामर्श सेवा, कोभिड १९ विरुद्धको पहिलो, दोश्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुवैद सेवा, स्वास्थ्य विमा सेवा घुम्ति शिविरवाट सेवा दिईएको थियो ।

घरमा नै गएर वृद्ध आमालाई कोभिड खोप लगाउदै स्वास्थ्यकर्मीका साथमा पालिका उपाध्यक्ष र वडाध्यक्ष


यसैगरि व्यवसाय दर्ता, राजश्व संकलन, मालपोत तथा भुमिकर संकलन, ज्येष्ठ नागरिक एवं अपाङ्ग परिचय पत्र वितरण हुनेछ । विउविजन वितरण एवं कृषि अनुदान माग संकलन, पशु सेवा शाखा अन्र्तगत गोवर परिक्षण र नतिजाको आधारमा पशु पंक्षिलाई औषधी वितरण, वाख्रा, पाठा एवं वहर वन्ध्याकरण एवं विरामी पशुको उपचार व्यवस्थापन, उपभोक्ता सँग योजना संम्झौता गरिएको म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

घरनम्वर प्लेट ठोक्दै पालिका उपाध्यक्ष र वडाध्यक्ष


शिविरमा गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे प्रमुख प्रशाशकिय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरुको उपस्थिती रहेको थियो । एकीकृत घुम्ति शिविर म्याग्दे गाँउपालिकाको वडा नं १ को मान्ह्रौवाट शुरु भई वडा नं ६ को तिलाहारमा पुगेर सम्पन्न भएको छ ।

पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण गर्दे स्वास्थ्कर्मीहरु
शिविरको समाग्री ढुवानी गर्दे एम्वुलेन्स
शिविरको अवलोकन गर्दे पालिका उपाध्यक्ष वालकृष्ण घिमिरे

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.