जनताको चाहना वमोजिम काम गर्दछु । श्यामराजा महत (फोटोफिचर)

चिन्तुटार

नेपाल कम्युनिष्ट पार्टी (एमालें) तनहुँको क्षेत्र नं २ (क) उम्मेदवार श्यामराजा महतले जनताको आवश्यकता र चाहना वमोजिम काम गर्ने वताउनुभएको छ । जनताको आवश्यकता लाई नजिकवाट चिन्ने अवसर पाएको छु । मेरो लामो समय सामाजिक क्षेत्रमा क्रियाशिल रहेर विताएको छु । जनताको चाहनालाई आत्मासात गरेर पुरा गर्नु वाहेक अन्य केही स्वार्थ छैन, महतले भने ।


सो कुरा महतले व्यास ५ नगर कमिटीद्धारा आयोजित घरदैलो कार्यक्रममा वताउनुभएको हो ।

जनताको घरमा जाँदा सकारात्मक प्रभाव पाएको छु । जनताको आशा टुटाउने छैन । जिल्ला विकास समिती सदस्य, गाविस अध्यक्ष, विभिन्न सहकारीको लामो समय नेतृत्व गरिसकेको छु । जनता के चाहन्छन्, राम्रो सँग थाहा छ अतः अवको वाकी जीवन जनताको सेवामा विताउने छु ।


घरदैलो अभियानको क्रममा महत, चापाघाट, पाटन, कण्टार, पतेनी, वरवोटे, शेरा, नेपालटार, रानीटारी हुदै चिन्तुटार पुगेका थिए । सोही कार्यक्रममा गायक प्रेमराजा महत पनि गएर दाजु श्यामराजा महतका पक्षमा भोट मागेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.