म्याग्दे गाँउपालिका
म्याग्दे गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु हुने भएको छ । म्याग्दे गाँउपालिकाको स्थानिय निर्देशक समितीको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा वसेको वैठकले पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु गर्ने निर्णय गरेको हो ।
स्थानिय तहमा रोजगारको सम्भावना भएको क्षेत्रमा समग्र रोजगारको वस्तुस्थिती वुझन का लागी रोजगार संम्वाद मंच आयोजना गरिएको रोजगार संयोजकका सदस्य सचिव पविन्द्र शाहीले वताउनुभयो ।
चालु आर्थिक वर्ष २०७९।०८० मा सुनिश्चित भएका वेरोजगारको संख्या २९५ जना रहेको र उनिहरुको प्राथमिकीकरण निर्धारण मार्गदर्शन अनुसार चयन गरिएको तर हाल ४० जना प्राथमिकीकरणमा परेकालाई रोजगारी दिईने सचिव शाहीले वताए ।
त्यसैगरि १६ जना अन्य गरि कुल यस यस आर्थिक वर्षमा ५६ जनालाई रोजगार दिईनेछ । नेपाल सरकारको दररेट अनुसार प्रति दिन ५ सय सतहत्तर दिने गरि १ जनालाई १०० दिनसम्म रोजगार दिईने शाहीले वताए ।
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले श–शर्त अुनदान रकम अन्र्तगतको कार्यक्रम पालिकाले शुरु गर्ने भएको हो ।
स्थानिय निर्देशक समितीको वैठक म्याग्दे गाँउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा वसेको वैठकमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारी वडा नं १ का वडाध्यक्ष मणिभद्र वाग्ले, ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ र सदस्य सचिवमा रोजगार संयोजक पविन्द्र शाहीको उपस्थिती रहेको थियो ।








