म्याग्दे–२, जामुने
जीवन उपयोगी सिप तालिम अन्तर्गत (रुम टु रिड) वालिका शिक्षा कार्यक्रम पढ्नका लागी कोठाको आयोजनामा यौनजन्य हिंसा र दुव्यर्ववहार रोकथाम सम्वन्धि कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे गाँउपालिका वडा नं २ को राधा माविमा गरिएको उक्त कार्यक्रम वडाध्यक्ष शिव वहादुर रानाको अध्यक्षतामा गरिएको थियो । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख वुद्धिसागर खनाल लगायतको व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

पढ्नका लागी कोठा कार्यक्रमका वरिष्ठ सामाजिक परिचालक अम्विका ओझाले कार्यक्रममा वालिकाको व्यक्तित्व विकास, वालिकाको पढाईमा निरन्तरता सम्वन्धि विषयमा धारणा राखेका थिए भने कार्यक्रममा कक्षा ९ का १८ जना वालवालिकालाई यौनजन्य हिंसा र दुव्र्यवहार कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । सामुहिक छलफल गरि वालिका सँग प्रश्नोत्तर लेखन, समुहगत उत्तरको अभ्यास गरिएको थियो । सो अवसरमा विद्याथीहरुले यौनजन्य गतिविधी, यसको रोकथाम तथा नियन्त्रणका वारेमा खुलेर धारणा राखेका थिए । राधा माविमा मात्र कक्षा ८,९ र १० मा अध्ययनरत १३७ जना विद्याथीलाई वालिकाको वृत्ति विकास, क्षमता अभिवृद्धि लगायतका कार्यक्रम गर्दे आएको समेत परिचालक ओझाले वताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले रुम टु रिडको कार्यक्रम अत्यन्त व्यवहारिक भएको वताउनुभयो । पालिकाले वालवालिकाको वृद्धि विकासमा सदैव तत्पर रहेको वताउँदै वालिको खेल्ने, वढ्ने र सिक्ने उमेरमा पढ्नका लागी कक्षाकोठा कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको वताउनुभयो । वालिकाको हरेक समस्यामा अभिभावकत्व ग्रहण गरेर वालिकाको समस्यामा घरमा नै गएर अभिभावक सँग समन्वय गरि शिक्षा, स्वास्थ्य र चेतनाको विकास गर्न महत्वपुर्ण भुमिका खेलेको हुदाँ अगामी दिनमा पनि यस्तै कार्यक्रमको अपेक्षा राख्नुभएको थियो ।

यसैगरि कार्यक्रममा पालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले वालिको वृद्धि विकास र क्षमता अभिवृद्धिमा रुम टु रिडले महत्वपुर्ण भुमिका खेलको वताउनुभयो । वालिकाको आत्माविश्वासले उनिहरुमा उर्जा पैदा गरेको र उनिहरु आफै पनि प्रतिरक्षा गर्न सकेको हुदाँ खुशी लागेको वताउनुभयो । वालिकामाथी हुने अभद्र व्यवहार, यौनजन्य क्रियाकलापमा उनिहरुको चेतनाको विकासले महत्वपुर्ण भुमिका खेल्ने समेत वताउनुभयो । वालवालिकामा अध्यन सँग विविध गतिविधिले नै उनिहरुमा हिम्मत वढ्ने हुँदा सो कुरामा रुम टु रिडले सहजीकरण गरेको वताउनुभयो ।
मिन मावि थर्पु र राधा माविमा संचालन गरिएको उक्त कार्यक्रममा राधा माविका सहायक प्रधानाध्यापक महेन्द्रराज काफले, म्याग्दे गाँउपालिकाका योजना शाखाका प्रतिनिधी रमा श्रेष्ठ, रुम टु रिडका लेखापाल सलमान फारुक, सामजिक परिचालक सुनिता तिवारी, विद्यालयका लेखापाल अवजित श्रेष्ठ लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन शिक्षक रामभक्त रानाभाटले गर्नुभएको थियो ।














