संघियता र शासकिय व्यवस्थामा पुर्नविचार गर्नुपर्दछ – सासंद शंकर भण्डारी

म्याग्दे वडा नं –६, को भवन उद्घाटन

म्याग्दे–६
प्रतिनिधीसभाका सदस्य एवं तनहुँ क्षेत्र नं २ को माननिय सासंद शंकर भण्डारीले संघियता र राज्यको शासकिय व्यवस्थामा पुर्नविचार गर्नुपर्ने वताउनुभएको छ । म्याग्दे गाँउपालिका वडा नं ६, को नयाँ निर्माणाधिन भवनको उद्घाटन गर्दे वहाँले सो कुरा वताउनुभएको हो ।


स्थायी सरकार वनेर देश विकास र निर्माणमा लाग्नुपर्नेमा सरकारको रवैया हेर्दा त्यस्तो नदेखिएको हुदाँ अव फेरि पनि देश अस्थिरतातर्फ उन्मुख भएको वताउनुभयो । देशको कानुन, विधि र पद्धती सवैले मान्नुपर्ने तर देशमा नयाँ शक्तिको रुपमा उदाएको शक्तिले कानुनको विधि र पद्धती नमानेको कारण सरकार वाहिरिन परेको सासंद भण्डारीले वताउुभयो ।


सरकारसँग वजेट नहुँदा ठुला ठुला योजनामा समस्या परेको हुदाँ देशमा आर्थिक संकट आईपरेको समेत वहाँले वताए । संघियताले देश विकासमा सहजता थपेता पनि यसको मोडलमा पुर्नविचार गर्नुपर्नेछ । केन्द्र सरकार र पालिका सरकारले मात्र देश विकास हुने हुदाँ प्रदेशको संरचनाले झन अस्थिरता निम्ताएको वताए । साँच्चै विकास निर्माण गर्ने हो, गाँउवाट नै गर्ने हो र त्यसका लागी पालिका नै वलियो वनाउनुपर्ने वहाँले वताए ।


देशलाई अस्थिर वनाउन विदेशवाट वर्षो देखि योजनावद्ध रुपमा खेल खेलिएको तर देशका नेताहरु त्यसमा गम्भिर नभएको वताउनुभयो । देशमा विभिन्न नाममा अराजकता सिर्जना गराउन भुमिका भएको हुदाँ त्यसलाई रोक्नुपर्ने समेत वहाँले वताए ।


त्यसैगरि सासंद भण्डारीले तनहुँको विकासमा आफुले सक्दो भुमिका खेल्ने समेत वताए । चुनावी प्रतिवद्धतामा नै मेरो धारणा हो, जनताको विकास निर्माणमा सधै क्रियाशिल रहनेछु । कुनै पनि राजनैतिक आग्रह पुर्वाग्रह विना निर्वाचन क्षेत्र विकासका लागी स्थानिय तह, प्रदेश सरकार र केन्द्रिय सरकार मिलेर काम गर्नुपर्ने समेत वहाँले वताए ।


म्याग्दे गाँउपालिका वडा नं ६ को वडाध्यक्ष हिरावहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेस सदस्य श्यामराजा महत, पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे, पुर्व पालिका अध्यक्ष मायादेवी राना, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी, कार्यपालिका सदस्य वद्रिका घिमिरे, नेकपा एमाले म्याग्देका अध्यक्ष वसन थापा, नेपाली काग्रेस म्याग्देका सभापतिरामभक्त घिमिरे र वडाध्यक्षहरुले धारणा राखेका थिए भने कार्यक्रमको संचालन म्याग्दे गाँउपालिकाका योजना शाखा प्रमुख श्रीराम खनालले गरेका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.