राष्ट्रिय युवा संघ नेपाल तनहुँको अध्यक्षमा मदन

राष्ट्रिय युवा संघ नेपाल तनहुँको अध्यक्षमा मदन तिमल्सेना सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपाल तनहुँको दमौलीमा सम्पन्न नवौ जिल्ला अधिवेशनवाट तिमल्सेना अध्यक्षमा चयन भएको हो ।
यसैगरि संघको उपाध्यक्षमा सुरेन्द्र तामाङ, सचिवमा वसन्त पौडेल, उपसचिवमा सन्तोष राना, उपसचिवमा माधव थापा र कोषाध्यक्षमा वीरवहादुर लामा सहित ५७ सदस्ययीय कमिटी सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनका उद्घाटन गर्दे नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पुर्व मन्त्री महेश वस्नेतले युवा संघ परिवर्तनका संवाहक भएको हुदाँ समाजमा भएको विकृत्ति, विसंगति र अत्याचारको विरुद्ध आवाज उठाउनुपर्ने वताए । युवा संघ माथी जनताको विश्वास रहेको तर त्यो विश्वास ढरमराउँदै गएको हुदाँ युवा संघ डरलाग्दो, भरलाग्दो र रहरलाग्दो वन्नुपर्ने वताए । युवा संघ प्रतिको जनताको क्रेज हराउँदै गएको हुदाँ समाजमा रहेको हरेक विकृत्ति, विसंगति र भष्ट्राचारजन्य विषयवस्तुमा युवा संघले खवरदारी गर्नुपर्ने वताए ।
अधिवेशनमा राष्ट्रियसभाका सदस्य भगवती न्यौपाने, युवा संघका पुर्व अध्यक्ष राजिव पहारी, महासचिव क्षितिज थेवे, निवर्तमान संघिय सासंद केदार सिग्देल, प्रदेश सदस्य विष्णुभक्त सिग्देल, जिल्ला उपाध्यक्ष हरिराज कडेल, वाईसीएलका जिल्ला संयोजक वादल आले लगायतले धारणा राखेका थिए ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.