दमौली ।
लियो क्लव अफ तनहुँको अध्यक्षमा बसन्ती थापा मगर चयन भएकी छन्। क्लवको शुक्रबार सम्पन्न अधिवेशनबाट वर्ष २०२३-२४ को अध्यक्षमा थापा चयन भएकी हुन् । उनी लियो क्लव तनहुँको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् ।
क्लवको प्रथम उपाध्यक्षमा सागर घिमिरे, द्वितीय उपाध्यक्षमा रुविन श्रेष्ठ, तृतीय उपाध्यक्षमा आकाश अधिकारी, सचिवमा डिपी थापा, सहसचिवमा मुकेश विडारी र कोषाध्यक्षमा राम श्रेष्ठ चयन भएका छन् । पछि कार्यसमितिलाई पूर्णता दिईने क्लवका २०२२-२३ का अध्यक्ष सुदिप गफ्फारले जानकारी दिए ।
यसैबीच क्लवले व्यास–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचनमा विजयी भएका क्लबका सदस्यलाई सम्मान गरेको छ । स्ववियु सभापति गौरव पन्थ, सहसचिव सविन लामिछाने र सदस्यहरु प्रमिशा शाही ठकुरी, प्रविण आले र अर्चना साहलाई सम्मान गरिएको छ । उनिहरुलाई लायान्स क्लब अफ तनहँुका अध्यक्ष राजु दाहाल,लियो क्लबका पूर्व अध्यक्ष सुनिल मिश्र लगायतले सम्मान गरेका थिए ।







