राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले बैंक, लघुवित्त, सहकारीहरुले आफ्ना ऋणी नागरिकहरुलाई गरेको अन्यायपूर्ण चरम आर्थिक शोषण र धरपकडका कारण नागरिकहरु रुखमा डोरीको पासो लगाई भुण्डिने, विष सेवन गर्ने, शरिरमा पेट्रोल खनाई आगो लगाउने जस्ता कार्य गरी आफ्नो जीवन नै बर्बाद पार्दै गएको परिपेक्ष्यमा यसको विरुद्ध बैक तथा अन्य वित्तिय संस्थाहरुलाई तत्कालका लागि धरपकड नगर्न, मानसिक यातना बन्द गर्न तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

महाअभियानका केन्द्रिय सचिवालय सदस्य एवं गण्डकी प्रदेश संयोजक ऋषिराम चाँपागाई र केन्द्रिय सचिवालय सदस्य गण्डकी प्रदेश इन्चार्ज यदुनाथ सिग्देलले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । यसका साथै उनिहरुले तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष इमकुमार मल्ल, राष्ट्रिय सहकारी बैक दमौली शाखा प्रमुख उपेन्द्र दाहाल, व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेलाईपनि ज्ञापनपत्र बुझाउदै गलत अर्थनीतिका कारण नागरिकहरु दिनानुदिन थप पिडामा पर्दै गईरहेको तनहुँ जिल्लामा पनि वित्तिय कारोवार गर्ने विभिन्न बैक सहकारी तथा लघुवित्त संस्थाहरुले नागरिकहरुको घितो लिलामी गरी सुकुम्बासी बनाउने, घरमा गई अनावश्यक दबाब दिने पसल तथा सटरमा ताला लगाउने धरपकड गर्ने, कालोसुचिमा राख्ने लगायतका काम गरेको सुन्न आएकाले तत्काल उक्त कदम रोग्न उक्त ज्ञापनपत्रमा आग्रह गरिएको छ ।

बैक तथा वित्तिय संस्थाहरुले तत्कालका लागि ऋषिहरुलाई कुनै पनि मानसिक तथा आर्थिक रुपमा दबाब नदिन समेत उक्त ज्ञापनपत्रमा अनुरोध गरिएको छ । केन्द्रिय सचिवालय सदस्य ऋषिराम चाँपागाई अर्थनीति र मौद्धिक नीतिले नागरिकलाई मर्न, आत्मदाह गर्न बाध्य पारेकोले बैक तथा वित्तिय संस्थाहरुलाई सञ्चिनका लागि विज्ञप्ती बुझाउनुपरेको बताए । उता महाअभियानका केन्द्रिय सचिवालय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज यदुनाथ सिग्देलले बैकको ज्याजतीका विरुद्ध यो अभियानमा उत्रनुपरेको बताए ।









