म्याग्दे गाँउपालिका वडा नं ६ को कृषि कार्यक्रम अन्तरगत १८०० थान कागतीको विरुवा शतप्रतिशत अनुदानमा वितरण गरिएको छ । वडामा १ घर २ कागती कार्यक्रम अन्तरगत कृषकलाई सुनकागती २ नामको कागती को विरुवा वडाका ९०० कृषकलाई २ वटाको दरले विरुवा वितरण गरिएको वडाका अध्यक्ष हिरालाल गुरुङ्गले वताए ।
कृषकलाई आत्मानिर्भर वनाउने, स्वनिर्भर वनाउन र आर्थिक रुपमा सवल वनाउने उद्येश्यले कृषकलाई सुनकागती नामक कागतीको विरुवा वितरण गरेका हौ । यसले उत्पादन दिएपछि कृषकलाई आत्मानिर्भर वनाउन र कृषीमा उत्पे्ररित गर्न मद्यत पुग्दछ, अध्यक्ष गुरुङले भने । वडाको १० वटै टोलको कृषकलाई वितरण गरेको वडाध्यले वताए ।
वडाले वस्नेत मिश्रित फलफुल तथा नर्सरी फर्म गोरखावाट अव्वल जातीको सुनकागती नामको विरुवा खरिद गरि कृषकलाई शतप्रतिशत अनुदानमा वितरण गरेको हो ।







