बन्दीपुर-२, को मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा हस्तान्तरण

तनहुँ, ८ साउन,

तनहुँको बन्दिपुर गाउँपालिका –२, मुच्चुकमा रहेको मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा हस्तान्तरण गरिएको छ । रिस्ती विकास समाज तनहुँको समन्वयमा र स्थानिय समाजसेवी एवं कांग्रेस नेता रेशम गुरुङको पहलमा मुकेन्देश्वरी आमा समूहलाई सोमबार नौमती बाजा हस्तान्तरण गरिएको स्थानिय प्रबिना गुरूङले बताइन् ।

संयुक्त राज्य अमेरिकामा बस्दै आएका विनोद थापा ,तपस भट्टराई , कुवेतमा बस्ने राजेन्द्र बिराई ,काठमाण्डौंमा बस्ने पूर्णिमा आले र तनहुँका कांग्रेसका नेता एबं ब्यबसायी पुरुषोत्तम खनालले उक्त कार्यको लागी आर्थिक सहयोग गरेका हुन् । नौमती बाजा हस्तान्तरण गदैं प्रोफेसनल मिडिया ग्रुप एवं रिस्ती विकास समाज तनहुँका अध्यक्ष नवीनराज पौडेलले बन्दिपुर २ का स्थानियलाई जिविकोपार्जन र स्वरोजगारमा टेवा पुग्ने उद्देश्यले नौमती बाजा बितरण गरिएको बताए ।

मुकेन्देश्वरी आमा समुहकी अध्यक्ष शोभा गुरूङले बाजा ग्रहण पछि खुशी ब्यक्त गर्दै रिस्ती विकास समाजलाई समन्वय गरेकोमा धन्यवाद व्यक्त गरिन् । स्थानिय समाजसेवी एबं कांग्रेसका नेता रेशम गुरूङले सामाजिक कार्यमा सधै झै आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्यको पहल गर्ने प्रतिबद्दता व्यक्त गरे ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.