म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे पालिका भित्र रहेका अभिभावकविहिन वालवालिकालाई आर्थिक सहयोग गरेका छन् । उपाध्यक्ष घिमिरेले आफुले चुनावी अभियानका क्रममा पालिकावाट आफुले पाउने पारिश्रमिक समाजिक क्षेत्रमा लगाउने प्रतिवद्धता अनुरुप निर्वाचित भएदेखिको हालसम्मको पारिश्रमिक पालिका भित्रका विभिन्न विद्यालयमा अध्ययनरत अभिभावक विहिन वालवालिकालाई जनही ५ हजारका दरले २० जना र २ वटा संघसंस्थालाई आर्थिक सहयोग गरेका हुन् ।



जसका अभिभावक छैनन् र जो अरुको संरक्षणमा रहेर अध्ययन गरिरहेका छन्, उनिहरुको आवश्यकता र पढाईमा केही सहयोग होस भन्ने हेतु आर्थिक सहयोग गरिएको उपाध्यक्ष घिमिरेले वताए । मेरो उद्येश्य नै समाजसेवा भएको हुदाँ पालिकावाट आएको पारिश्रमिक समाजिक क्षेत्रमा नै लगाउने घोषणा अनुरुप अनाथ वालवालिकालाई सहयोग गरेको हो, उपाध्यक्ष घिमिरेले वताए । विगतमा पनि विभिन्न संघसंस्थामा सहयोग गरेको घिमिरेले भोलिका दिनमा पनि यो अभियान जारी राख्ने वताए ।



सहयोग गर्नेमध्येमा कक्षा ४ मा अध्ययनरत पुष्पा रानाभाट, कक्षा ८ मा अध्ययनरत करण आले, जनगणपतिमा अध्ययन गर्ने कक्षा नौ का ओमवहादुर थापा, राधा माविका विवश आले, संजिव श्रेष्ठ, जयराज विक., दिक्षा आले, सागर नेपाली, युनिका वोहोरा, संरचना नेपाली, रितिका गुरुङ, रिदम गुरुङ, अनिषा कार्की, प्रशान कुमाल, रोशन कुमाल, सोनिका नेपाली, अंकिता कुमाल, अनम कुमाल, सोनम श्रेष्ठ र दिपीका अधिकारी गरि कुल २० जना अभिभावक विहिन वालवालिकालाई जनही ५ हजारको दरले आर्थिक सहयोग गरेका हुनु ।
त्यस्तै उपाध्यक्ष घिमिरेले वेलटार संत्संघ र जामनुे सत्संघलाई समेत जनही ५ हजारका दरले आर्थिक सहयोग गरेका छन् ।













