नेपाल वित्तिय संस्था कर्मचारी संघ ग्रामिण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड गण्डकी प्रदेश समितिको तेस्रो अधिवेशन तनहुँको दमौलीमा सम्पन्न भएको छ । शनिवार सम्पन्न तेस्रो अधिवेशनबाट नेपाल वित्तिय संस्था कर्मचारी संघ ग्रामिण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड गण्डकी प्रदेश समिति अध्यक्षमा विष्णुबहादुर बस्नेत निर्वाचित भएका छन् ।

विष्णुबहादुर वस्नेत र मुकुन्दहरि बास्तोला बिच अध्यक्षमा भएको प्रतिस्पर्धामा बस्नेत अत्याधिक मतले विजयी बनेका हुन् । अध्यक्ष बाहेकका अन्य पदमा भने सर्वसम्बत रुपमा ११ सदस्यीय प्रदेश समिति चयन भएको हो । समितिको उपाध्यक्षमा मोहन सिंह गुरुङ,सचिवमा बर्षा खड्का, कोषाध्यक्षमा हरिकृष्ण पण्डित चयन भएका हुन् । त्यस्तै गण्डकी प्रदेश सदस्यहहरुमा रामचन्द्र थापा, रमेश थापा, सम्मरबहादुर बैदवार, विभा पौडेल, राधिका कंडेल अधिकारी, जनजाति सदस्यमा अस्मिता गुरुङ, महिला सदस्यमा ज्योति थापा सर्वसम्बत रुपमा चयन भएका हुन् ।

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि वित्तिय संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेश सांसद श्रेष्ठले वित्तिय संस्था संगै कर्मचारीहरुको पनि विशेष महत्व रहेको कार्यक्रममा जानकारी दिए । ग्रामिण विकास लघुवित्त वित्तिय संस्थाले गुणस्तरीय सेवा दिएको र यसलाई आगामी दिनमा झनै परिस्कृत गर्दै विस्तार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी वक्ताहरुबाट लघुवित्तमा देखिएका समस्याको बारेमा जानकारी पाएकाले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं अर्थमन्त्री समक्ष समस्या समाधानको लागि पहल गर्ने उनले बताए ।

नेपाल वित्तिय संस्था कर्मचारी संघ ग्रामिण विकास लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रिय कोषाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक सुरेशचन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी ग्रामिण विकास लघुवित्त वित्तिय संस्था गण्डकी प्रदेश प्रमुख धनप्रसाद तिवारी, ग्रामिण विकास लघुवित्त वित्तिय संस्था केन्द्रिय उपाध्यक्ष सुन्दरकुमार गहतराज, ग्रामिण विकास लघुवित्त वित्तिय संस्था केन्द्रिय पूर्व महासचिव अम्मरबहादुर गुरुङ लगातयले भनाई राखेको कार्यक्रममा केन्द्रिय सदस्य कृष्णबहादुर परियारले अतिथिहरुलाई स्वागत गरेका थिए । उक्त अधिवेशनको निर्वाचन अधिकृत महेन्द्र खतिवडा र सहायक निर्वाचन अधिकृत विश्वनाथ अधिकारी रहेका थिए । निर्वाचित पदाधिकारीहरुको सफत ग्रहण समेत शनिवार नै सम्पन्न भएको बताइएको छ ।








