व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपानेले व्यास नगरपालिका–११ सेरामा रहेको वसन्त आधारभूत विद्यालयको मंगलबार अनुगमन गरेका छन् । सामुदायिक विद्यालयमा गुणस्तीय शिक्षा के कसरी प्रदान गर्न सकिन्छ र विद्यालयको बस्तु स्थिती के कस्तो रहेको छ भन्ने उद्धेश्यले नगर प्रमुख न्यौपान सो विद्यालय अनुगमन गरेका हुन् । त्यस अवसरमा बोल्दै नगर प्रमुख न्यौपानेले समय अनुकुल शिक्षकहरुले नयाँ ज्ञान, सीप र दक्षता हासिल गर्नुपर्ने उल्लेख गर्दै, सामुदायिक विद्यालयको गुणस्तर सुर्धान शिक्षक, अभिभावक र विद्यार्थी स्वाएम् लाग्नु पर्नेमा जोड दिए ।

२०३१ सालमा स्थानीय स्व. गुणराज कैनी, स्व. नारायणदत्त कैनी, स्व.रेशमलाल नहर्की, स्व. देवीभद्र खनाल, कृष्ण खनाल, रामचन्द्र कैनी, स्व.सोमनाथ कैनी, स्व. सिताराम कैनी लगायतका व्यक्तिहरुको सक्रियतामा जनश्रमदान तथा जग्गादानबाट उक्त विद्यालय स्थापना भएको थियो । अनुगमनका क्रममा व्यास नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दलबहादुर दुराले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिको लागि गत वर्ष वडाका सबै विद्यालयहरुलाई एक-एक लाख प्रदान गरिएको बताउँदै क्रमश सामुदायिक विद्यालयहरुमा दक्ष शिक्षक, भौतिक पूर्वाधारले समेत सम्पन्न भएकोले सामुदायिक विद्यालय तर्फ बालबालिकाहरुलाई भर्ना गरी गुणस्तरीय शिक्षा लिन अनुरोध गरे ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण खनालले बर्तमानका साझेदार र भविष्यका कणधार कलिला बालबालिकालाई गुणस्तीय शिक्षा प्रदान गर्न सबै पक्ष लाग्नु पर्ने बताउँदै सरकारको लगानी सदुपयोग गर्नुपर्ने बताए ।

विद्यालयका शिक्षक विमला श्रेष्ठ पनि स्मार्ट बोर्डबाट पठन पाठन गराउन सजिलो हुने र विद्यार्थीहरु उत्सुकतासाथ सिकाई क्रियाकलापमा सामेल हुने बताइन् । बाईट यसरी नगरका सबै विद्यालयहरुमा स्तरीय र गुणस्तरीय शिक्षण सिकाई गर्नको लागि स्मार्ट बोर्डबाट पठन पाठन गर्ने कार्य राम्रो भएता पनि सबै विद्यालयका सबै कक्षामा यसको पहुँच भने पुग्न सकेको छैन । यसका साथै स्थानीय सरकारले दरो कानुन निर्माण गरी सामुदायिक विद्यालयमा नै आफ्ना बालबालिका पढाउनु पर्ने व्यवस्था मिलाएको खण्डमा साथै अभिभावक र शिक्षक दुवै पक्षले विद्यालयको गुणस्तर सुर्धान ध्यान दिनु पर्ने स्थानीय अभिभावक भरतराज नहर्कीले बताए ।









