शार्दूलविक्रीडित छन्द
१. सारै चञ्चल चित्त वृत्ति कविको गर्ने चमत्कार छ घुम्ने जङ्गल मङ्गलाचरणमा चातुर्य सत्कार छ पाएको करुणा वरेन्य विदुषी औचित्य संस्कार छ सेवा गर्न रुचाउने जन सबै सोझो नमस्कार छ ।
२. लेख्ने बौद्धिकता छ प्राप्त कविता मिल्छन् मनोवादमा स्रष्टा साविक मन्त्रणा अचमका हुन्छन् सधैँ यादमा आशङ्का सब मेटिए गजबले सद्भाव स्वीकार छ आएको कविता सफा हरफमा साेझाे नमस्कार छ ।
३. लेख्छन् अक्षर कापिका हरफम माधूर्य माला बुनी पाए पुष्प पराग प्रेम कविले उत्साहले जो चुनी राखे मौलिक छन्दमा अचमले सद्धर्म आचार छ खोजेको सुविधा समस्त छ खुला साेझाे नमस्कार छ ।
४. भन्दैनन् अपवादका विषयमा संस्कारमा पालित हुन्छन् नेक विचार पूर्ण कविता सारांश उद्भासित राख्ने छन् शुभ कीर्तिमान कविले संवेग जो धार छ हैसिन्छन् जनता पवित्र बुझ लौ सोझो नमस्कार छ ।
५. गाढा चेतनको प्रभाव गहिरो पर्दैछ ऐले ममा गर्ने उत्तम कार्यबोध सुकिलो बोक्ने गरी याेजना छन् शास्त्रोचित चाहना अचमका विस्तार सञ्चार छ ल्याएँ सार्थक चाहना सजग यो साेझाे नमस्कार छ ।







