गौँ हत्या र धर्म परिवर्तन तत्काल रोक्न माग गर्दैै ॐकार परिवार तनहुँले बुझायो ज्ञापनपत्र

गौँ हत्या र धर्म परिवर्तन जस्ता अवाञ्छित क्रियाकलाप तत्काल रोक्न माग गर्दैै ॐकार परिवार तनहुँले प्रजिअ छविलाल रिजाल मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र बुझाएको छ । ॐकार परिवार तनहुँले धार्मिक विद्वेष फैलाउने दोषीलाई कडा कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो । मंगलवार तनहुँका ॐकार परिवार भित्रका विभिन्न १५ समाजले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय तनहुँका प्रजिअ छबिलाल रिजाल मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउदै ब्राम्हण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेले संविधान नमान्ने तत्वहरुलाई राज्यले कानुनी कठघरामा ल्याउनुपर्ने बताए ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ रिजालले प्रधानमन्त्री समक्ष ज्ञापनपत्र जतिसक्दो चाँडो प्रेषित गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रजिअ रिजालले कानुनी शासन भएको देश भएकाले कानुन भन्दा माथि कोही पनि हुन नसक्ने बताए ।

ज्ञापनपत्रमा देशको संविधान र कानुनको खुलेयाम धर्म परिवर्तन गराउन र राष्ट्रिय जनावार गौमाताको हत्या गर्नु दण्डिनीय अपराध मानेको अवस्थामा धर्म परिवर्तन गराउने र गौहत्यामा संलग्न संघसंस्था एवं व्यक्तिहरु माथि कुनै कारबाही नहुनु सरकार बिहिनता जस्तो देखिएको उल्लेख छ । सरकार स्वय्म संविधान र कानुन कार्यान्वयनमा उदासिन बनी मुकदर्शक बनेको दुखद अवस्था रहेको बताइएको छ ।

उक्त ज्ञापनपत्र ब्राह्मण समाज तनहुँ, विश्व हिन्दु महासंघ, क्षत्री समाज, ठकुरी समाज, दशनामी समाज, रानाभाट समाज, वेद अनुयायी प्रतिष्ठान, बैद्धिक पुरोहित समाज, नेवा खल व्यास नगरपालिका, मगर समाज तनहुँ, गुरुङ समाज, दरै समाज, परियार समाज, मिजार समाज, सुनचाँदी व्यावसायी तनहुँका अध्यक्ष एवं पदाधिकारीको हस्ताक्षर समेत रहको छ ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.