जनै पूर्णिमा पर्व तनहुँमा भव्यताका साथ मनाइयो ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन (ऋषि तर्पणी) पर्व विहिवार तनहुँमा नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइएको छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, खोला कुँवामा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाधेका हुन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

तनहुँको दमौली सहित जिल्लाभरका शिवालय एवं मन्दिरहरुमा ब्राह्मणहरुले विधिपूर्वक जनै मर्तनको लागि तागाधारीहरु मन्दिरमा पुगेका थिए । व्यास ३ शिवपाञ्चायन मन्दिरमा व्यास ३ शान्तिनगरका घनश्याम भण्डारीले ऋषिहरुको पालादेखी रक्षाबन्धन लगाउने गरिएको बताए ।

काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका ११ निवासी भवनाथ तिमिल्सिनाले परम्परादेखी चलिआएको चलन सबैले गर्नुपर्ने बताए । जनै र रक्षाबन्धन धारण आफैमा महत्वपूर्ण भएको उनको भनाई छ ।

व्यास अध्येता काशीनाथ न्यौपानेले रक्षाबन्धन बाधेपछि रक्षा हुने बताए । पौराणिक कालमा इन्द्र महाराज र दानवको विच १२ बर्ष लामो पुद्ध भएको इन्द्र कमजोर भएर युद्ध जित्न नसक्ने भएपछि रक्षा शुत्र गुरुबाट धारण गरेपछि युद्ध जितेको धार्मिक विश्वास रहेको उनको भनाई छ ।

त्यस्तै विहिवार नै श्रावणी स्थान समेत गरिएको छ । देवघाटको गुरुकुलका बटुहरुले समेत कालीगण्डकी नदीमा पुगेर श्रावणी स्थान गरेका थिए । बैद्धिक विधिबाट नदिमा पुगेर ब्राह्मणहरुले विधिपूर्वक श्रावणी स्थान समेत गरेका हुन् ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.