म्याग्दे गाँउपालिकाको निती तथा कार्यक्रम पारित

वि वि श्रेष्ठ
म्याग्दे, तनहुँ

म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष २०७९।०८० को निती तथा कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त वाह्रौ गाँउसभावाट निती तथा कार्यक्रम पारित भएको हो ।
निती तथा कार्यक्रमवाट पुर्वाधार तथा भवन निर्माण, कानुन निर्माण, योजना निती रणनिती, अतिरिक्त कार्यक्रम, सुचना प्रविधि तर्फ, राजश्व तथा आय वृद्धि तर्फ, कोभिड नियन्त्रण सम्वन्धमा, फोहरमैलो व्यवस्थापन, मन्त्रालय मुल्यांकन तर्फ, खानेपानी तर्फ निती तथा कार्यक्रममा समेटिएका छन् ।
यसैगरि विद्युत तर्फ, समाजिक तथा लक्षित कार्यक्रम तर्फ, गरिवी निवारण र रोजगारी तर्फ, विपत व्यवस्थापन तर्फ, अन्तर निकाय समन्वय तर्फ पनि कार्यक्रममा समावेश गरिएका छन् । शुसासन तर्फ, शिक्षा तर्फ, कृषि तथा पशु तर्फ, स्वास्थ्य तर्फ, वजेट खर्च तर्फ, सवारी साधन तर्फ, वडा तर्फको वारेमा कार्यक्रमले प्राथमिकता दिएको छ ।
यसैगरि आर्थिक विकास तर्फ कृषि विकास तथा कृषि प्रसार, पशु सेवा तथा प्रसार कार्यक्रम, घरेलु तथा साना उद्योग तर्फ, पर्यटन, सहकारी विकास, वैक तथा वित्तिय, अन्य विषय समेटिएका छन् भने समाजिक विकास समिती तर्फ शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, म र मेरो स्वास्थ्य र मेरो जिम्मेवारी रहेका छन् भने युवा तथा खेलकुद, महिला तथा वालवालिका र लक्षित वर्ग, अपाङ्गता तथा जेष्ठ नागरिक, खानेपानी तथा सरसफाई, भाषा साँस्कृतिक र साहित्य, गैसस निजी क्षेत्र र सहकार्य साझेदारी लाई कार्यक्रममा समावेश गरिएको छ ।
पुर्वाधार विकास समिती तर्फ समग्र पुर्वाधारजन्य कार्यप्रक्रिया, सडक तथा पुल कल्वर्ट र झोलुङ्गे पुल, भवन तथा शहरी किास, जग्गा चक्लावन्दी तथा वस्ती विकास योजना रहेका छन् । यसैगरि कार्यक्रममा विद्युत तथा उर्जा, सिंचाई तर्फ, संचार तथा सुचना प्रविधिले स्थान पाएका छन् ।
यसैगरि वन वातावरण तथा विपद व्यवस्थापन तर्फ वन तथा वातावरण, विपद व्यवस्थापन, भुमि व्यवस्थापन, समेटिएका छन् भने शुशासन तथा संस्थागत विकास समितीतर्फ निती तथा कार्यक्रम, राजश्व परिचालन, वित्तिय अनुशासन र सुशासन, अन्तर निकाय समन्वय तथा प्रदेश सरकार सँगको सहलगानी, अनतर निकाय समन्वय तथा केन्द्र सरकार सँगको सहलगानी, समाजिक सुरक्षा र सामाजिक कल्याण का विषयले निती तथा कार्यक्रममा स्थान पाएको छ ।
निती तथा कार्यक्रमको दोश्रो शेसनका अध्यक्षता म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले निति तथा कार्यक्रमको सभामा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो भने गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले वाह्रै गाँउसभाको संचालन गर्नुभएको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.