नागरिकता विधेयक रोक्न सकेनौ । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने ।

राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले सरकारले राष्ट्रियसभामा पेश गरेको नागरिकता विधेयक रोक्न नसकेको वताउनुभएको छ । नागरिकता विधेयकमा भएको विदेशी चेली नेपालमा विहे गरेर आएको भोलिपल्ट नै नागरिकता दिन पाउने गरि सरकारले ल्याएको विधेयक राष्ट्रहित विपरित भएको हुदाँ त्यसलाई रोक्न आफुले पहल गरेता पनि नसकेको वताए ।
नेपाली काग्रेस, माओवादी र संसदमा प्रतिनिधित्व गर्ने सासंदहरुसँग आफुले यो विधेयक रोक्नका लागी छलफल गरेको, उक्त छलफलमा राष्ट्रियसभाका सासंदहरु सकारात्मक पनि भएको थियो । तर निर्णयार्थ छलफलका लागी राष्ट्रियसभामा प्रस्तुत गर्दा उनिहरुले सरकारले ल्याएको प्रस्तावमा सहमति जनाएको वताए ।
दलगत ह्वीपले गर्दा उनिहरुले दलिय उर्दी मानेको वताए । उनिहरुका दलले प्रस्तावको पक्षमा मतदान गर्नुस भनेर ह्वीप जारी गरे । उनिहरुले त्यही ह्वीपलाई सदर गरिदिए । यसरी राष्ट्रहित विरुद्धको नागरिकता विधेयक राष्ट्रियसभा वाट समेत पारित भयो । एउटा दल र व्यक्तिले चुनाव जित्नु र हार्नुको परिणाम अहिले देशले भोगेको समेत वताए ।
पार्टीले वोकको एजेण्डा महत्वपुर्ण हो । हामीले यस कुरामा विश्वास नगर्दा आफनो र राम्रो मान्छे भनेर फरक पार्टीको प्रतिनिधिलाई जिताउँदा देश र जनताको नै अस्तित्व गुमाउनुपर्ने हुदाँ पार्टी निर्णयको पक्षम उभिएर परिवर्तन र विकासमा भुमिका खेल्न आग्रह गरे ।
अखिल नेपाल महिला संघ जिल्ला कमटिी तनहुँले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सासंद न्यौपानेले सो कुरा वताउनुभएको हो । संघ को अध्यक्ष विष्णुमाया पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्लाभरको महिला कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.