चिन्ने चिनारी कसी

शार्दूलविक्रीडित छन्द

१. दिन्छ्यौ लाग्छ सफा उदार मनकी सैाजन्यमा सूचना पार्छिन् जो वशमा खुला किसिमले सौन्दर्य सञ्चेतना आफैं भित्र घुमाउँछिन् फनफनी निष्ठा चमत्कारले लाग्ने गर्छ कसो म बुझ्नु कसरी ऐले नमस्कारले ।

२. खोल्छिन् आत्म खुला गरी किरण झैं ढाकेर देशान्तर आस्थाको मन भन्छ जो सजीव छन् ढाकी सबै अन्तर एकाकार गराउने हृदयमा सङ्केत गर्छिन् जब पाएँ मान्दछु काव्यका लहरमा जागा स्वयं वैभव ।

३. इच्छा याे मनमा छ जो हजुरको पाएर पत्ता स्थिति साँच्चै हालत रुग्ण जो हुन गयो बेहाल याे प्रस्तुति होला पूर्ण सहाय दैव मनले मैले गरेको स्तुति ल्याई उत्तम ध्यान ज्ञान छ दिने दैवी इशारा गति ।

४. जो निर्माण कला विशिष्ट चुलियो आरोग्य थप्ने नयाँ श्रोता बन्न तयार याे कवि भयो छौ ज्ञान ध्यानी जहाँ आफैं ईश्वर आँउछन् नजिकमा डाक्दै नडाके पनि यो सन्देश मिलोस् खुला हजुरमा आरोग्य आभा बनी ।

५. धेरै मानिस रोगग्रस्त छ जहाँ खै आज सत्ता कहाँ बाटो आज बिराउँदैछ कसरी मिल्ने छ यो सान्त्वना होस् चाँडो उपचार जो सडकमा खोज्छन् भरोसा बसी सत्ता पर्दछ उठ्न झट्ट अहिले चिन्ने चिनारी कसी ।

Advertisement
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.